ताजा अपडेट »

आम्दा अस्पताल बुटवलको निर्देशकमा डा. विनोद पराजुली नियुक्त

मंगलबार, २९ फागुन २०८०, ११ : ५३
2.44K Shares

बुटवल । सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलको कार्यकारी निर्देशक वरिष्ठ बालरोग विशेषज्ञ डा. बिनोद पराजुली नियुक्त भएका छन् । पराजुलीलाई २ वर्षे कार्यकालका लागि निर्देशकमा नियुक्त गरिएको हो ।

अहिलेका निर्देशक डा. राजेन्द्र बस्यालको अवधि सकिएपछि पराजुलीलाई नियुक्ती गरिएको आम्दा नेपालका अध्यक्ष डा. सुनु दुलालले जानकारी दिइन् । आम्दा अस्पतालमा डा. बस्यालले २ कार्यकाल निर्देशक भएका छन् भने डा. पराजुली पनि यसअघि आम्दा अस्पतालको निर्देशक भएर काम गरिसकेका छन् ।

आम्दा अस्पताल बुटबलमा १९९८ बाट सुरु भएको थियो। यो सार्वजनिक निजी साझेदारीको संयुक्त पहलमा बुटवल उपमहानगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ बुटवल र जापानी सहयोग संस्था आम्दा नेपालले काठमाडौं उपत्यका बाहिर बाल तथा महिला अस्पताल सञ्चालनमा ल्याएको हो । अस्पतालले बालबालिका र महिलाका लागि विशेष सेवाहरू प्रदान गर्दछ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।