ताजा अपडेट »

लुम्बिनी प्रादेशिक अस्पताल र सुर्खेत अस्पताल बीच स्वास्थ्य सेवा सुधार बारे छलफल

सोमबार, ०५ चैत्र २०८०, १९ : ०८
312 Shares

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र सुर्खेत प्रादेशिक अस्पताल बीच सोमबार अनुभव आदानप्रदान तथा स्वास्थ्य सेवा सुधार बारे छलफल भएको छ । लुम्बिनी अस्पतालले स्वास्थ्य उपचार सेवामा गरेको प्रगति तथा यहाँको व्यवस्थापन बारे अवलोकन गर्न आएको सुर्खेत अस्पतालको टोलीलाई अस्पतालमा स्वागत गरिएको थियो ।

लुम्बिनी प्रादेशिक अस्पताल अवलोकनमा आएका प्रतिनिधिहरुलाई स्वागत गर्दै मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले हालसम्म गरेका क्रियाकलाप तथा आगामी योजना बारे जानकारी गराएका थिए । अस्पतालमा कुनै पनि सेवाग्राहीको गुनासो नआउने गरि सेवा प्रवाह गर्न गरिएका प्रयास बारे उनले जानकारी गराए । सही व्यवस्थापन र योजना कार्यान्वयनले नै न्यूनतम सेवा मापदण्ड मुल्याङ्कनमा नेपालमै प्रथम हुन सफल भएको उनले बताए । यसैगरी अस्पतालको स्तरोन्नती र नयाँ बन्ने १२ तल्लाको नयाँ भवन र थपिने स्वास्थ्य स्वा बारे मेसु डा. थापाले जानकारी गराएका थिए ।   

सुर्खेत अस्पताल बिकास समितिका अध्यक्ष, निर्देशक डम्बर खड्का तथा नर्सिङ प्रमुख सकुन्तला गौलीसहितको टोलीलाई लुम्बिनी अस्पतालका मेसु डा. थापासहित, प्रशासकीय प्रमुख राजन केसी, नर्सिङ प्रमुख ज्योती पौडेल, मएसएस फोकल पर्सन दयासागर पन्थी लगायतले स्वागत गरेका थिए । भेटघाट कार्यक्रममा दुबै अस्पतालमा विभिन्न विभागीय कक्ष र स्वास्थ्य उपचारका बारेमा अनुभव आदानप्रदान गरिएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।