१४ मंसिर २०७९, बुधबार

Nov 30, 2022

म्यानमार । म्यानमारका सत्तारुढ दल नेश्नल लिग फर डेमेक्रेसी (एनएलडी)ले बहुमत प्राप्त गरेको छ । प्रजातन्त्रवादी नेतृ आङ साङ सूकी नेतृत्वको पार्टीले आइतबार भएको निर्वाचनबाट प्रतिनिधि सभामा बहुमत प्राप्त गरेको हो । उनको पार्टीले बहुमत प्राप्त गरेको केन्द्रीय निर्वाचन आयोगले मंगलबार घोषणा गरेको छ ।

Advertisement

निर्वाचनमा कुल पाँच हजार ६३९ जना उम्मेदबार मध्ये सूकीको सत्तारुढ दलको तर्फबाट एक हजार १०६ जना उम्मेदवार रहेका छन् । म्यानमारका एक हजार ११७ संसद सदस्यका लागि निर्वाचन भएको हो । मंगलबार विहान सम्ममा कुल ४७ जना निर्वाचित भएकोमा सूचीको पार्टीले मात्रै ४४ सिटमा जित हासिल गरेको छ । विपक्षी युएसडीपी तीन सिटमा मात्रै विजयी भएको थियो।

म्यानमारमा सन् २०१२ मा उपनिर्वाचन भएको थियो भने सन् २०१५ मा आम निर्वाचन भएको थियो । त्यो कार्यकाल सकिएपछि अहिले फेरि निर्धारित समयमै निर्वाचन भएको हो । सन् २०१५ मा भएको निर्वाचनमा पनि सूचीको पार्टीले पूर्ण बहुमत प्राप्त गरी सन् २०१६ देखि सरकार संचालन गर्दै आएको थियो ।

अहिलेको निर्वाचनमा विपक्षीहरुको कमजोर उपस्थितिका कारण नोबेल शान्ति पुरस्कार विजेता सुकीकै पार्टीले जित्ने पुर्वानुमान गरिएको थियो । सुकीले म्यान्मारको शक्तिशाली सैनिकहरुको हातबाट शासनसत्ता लिएर नागरिक तहमा सरकार गठन गरेकाले उनी म्यानमारमा लोकप्रिय रहेकी छिन् । उनले स्टेट काउन्सिलरका रुपमा सरकार संचालन गरिरहेकी छिन् ।

उनको सरकारले पनि जनअपेक्षा अनुरुप काम गर्न नसकेको, म्यान्मारमा व्याप्त गरिबी न्यूनीकरण गर्न तथा देशभित्र जारी जातीय समूहबीचको सशस्त्र द्वन्द्व न्यून गर्न नसकेको आरोप भने लाग्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमामा औधोगिक ब्यापार मेलाको तयारी पूरा, ३ सय स्टल सहभागी हुँदै विकासका कामहरुमा राजनीतिक रँग नदिन छत्रकाेट गाउँपालिकाका अध्यक्ष पाण्डेकाे आग्रह गृहमन्त्री खाणकै गृहजिल्ला रुपन्देहीमा कांग्रेस शुन्य, कार्यकर्ता असन्तुष्ट समानुपातिकतर्फ कसको कति मत ? भ्रष्टाचार आराेपमा दाङका तत्कालिन प्रमुख डिभिजनल इन्जिनियर विरुद्ध मुद्दा दायर स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका भैरहवा आँखा अस्पतालमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष स्थापना गरिने १ करोड मतगणना हुँदा कुन दलको कति मत ? सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई एक दर्जन निर्माण कम्पनी कालो सूचिमा पर्दा बुटवलको सडक अलपत्र पार्ने ठेकेदारलाई उन्मुक्ति