ताजा अपडेट »

बागलुङको गल्कोटमा सुत्केरीको हेलिकप्टर मार्फत उद्धार

सोमबार, ०५ असोज २०७७, १० : ५४
6 Shares

बागलुङ । बागलुङको गल्कोट नगरपालिका-११ रिघाकी २५ वर्षीया सुत्केरी महिलालाई अत्याधिक रक्तश्राव भएपछि हेलिकप्टरबाट उद्धार गरिएको छ । सुत्केरी बेथा लागेपछि आइतबार राति रिघा स्वास्थ्य चौकी पुगेकी गौरी श्रीसलाई थप उपचारका लागि पोखराको गण्डकी अस्पतालमा पुर्याइएको छ ।

स्वास्थ्यचौकीमा रातको १ बजे बच्चा जन्माएकी गौरीलाई अत्याधिक रक्तश्रावसँगै ज्वरो र वोमिट समेत भएपछि तत्कालै पोखरा रिफर गरिएको रिघा स्वास्थ्य चौकी प्रमुख एच.ए. लक्ष्मी घर्ति श्रीसले जानकारी दिएइन् । दुर्गममा रहेका महिलाहरुको ज्यान बचाउने उद्देश्यले सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा श्रीसको उद्धार गरिएको हो । पहाडि जिल्ला र उपयुक्त स्वास्थ्य सेवाको अभावको कारण जटिल मातृ स्वास्थ्य सम्बन्धि समस्या भएका महिलालाई हेलिकप्टरबाट उद्धार गरि अन्यत्र लैजानुपर्ने वाध्यता रहँदै आएको छ ।

सो उद्धारमा रिघा स्वास्थ्य चौकी सहित, गल्कोट नगरपालिका स्वास्थ्य शाखा, प्रदेश सांसद, मुख्य मन्त्रिका राजनैतिक सल्लाहकार, नेपाल कम्युनिष्ट पार्टी लगाएतको समन्वयकारी भुमिका रहेको र समयमै उद्धार गरिएको वडा अध्यक्ष डम्वर श्रीसले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।