ताजा अपडेट »

कोभिड-१९ को प्रभाव र उद्योगीहरुका विषयमा रुपन्देही उद्योग संघले बहस चलाउँदै

मंगलबार, १३ जेठ २०७७, १४ : ००
6 Shares

बुटवल । कोरोना र लामो समयको लकडाउनले प्रभावित नेपालको अर्थतन्त्र र औद्योगिक क्षेत्रको भबिष्यबारे रुपन्देही उद्योग संघले भिडियो अन्तरक्रिया गर्ने भएको छ । उद्योगीहरुको समस्या, चुनौती र आगामी योजनाका बारेमा बहस हुने संघका अध्यक्ष बावुराम बोहोराले जानकारी दिए ।

अन्तरक्रियामा नेपाल सरकारका कृषि तथा पशुपन्छी बिकास मन्त्री घनश्याम भुसाल, नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्मा र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा। प्रकाश कुमार श्रेष्ठ सहभागी हुने छन । अन्तरक्रियाबाट लकडाउन पछिको उद्योग सन्चालन ब्यवस्थापनका लागि सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष बोहोराले बताए । बोहोराका अनुसार लकडाउनका कारण लामो समय बन्द भएका उद्योगहरुमा परेको प्रभाव र समस्या निदानमा सहयोग पुग्ने अपेक्षा उद्योग संघको छ ।

रोटरी क्वल अफ सेन्ट्रल बुटवल र रोटरी क्लव अफ लुम्विनी स्टार्सको सहकार्यमा हुन गईरहेको अन्तरक्रियामा सहभागीताका लागि सार्वजनिक रुपमा आब्हान गरिएको उद्योग संघले जनाएको छ । जुम एपमार्फत हुने बैठकमा सहभागी हुनका लागि ९८५१०९०००० आईडी एड्रेस रहेको छ । बैठक समय आज मँगलबार दिउँसो ४ बजेका लागि तय गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।