ताजा अपडेट »

नेपालमा कोरोना संक्रमितको संख्या ६८२, थप ७ जनामा संक्रमण

सोमबार, १२ जेठ २०७७, १६ : ५४
6 Shares

बुटवल । नेपालमा थप ७ जना कोरोना संक्रमित थपिएका छ्न।

स्वास्थ्य मन्त्रालयका अनुसार  अछाम मेललेख गाउँपालिकाका ३२ वर्षीय पुरूष, बर्दिया गुलरिया-१० का २२ र २४ वर्षीय पुरूष, २ का १८ वर्षीय पुरूष, पर्सा जिराभवानी गाउँपालिकाका-४ का १८ वर्षीय पुरूष, काठमाडौं- १५ घर भएका कलैयामा कार्यरत २८ वर्षीय पुरूष रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आज बिहान काठमाडौंमा ३, धनुषामा ३, कपिलवस्तुमा ३, रौतहटमा २६, सप्तरीमा २, बर्दियामा १, बाँकेमा ४,   बारामा २३ र दैलेखमा ७ जना गरि ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।