ताजा अपडेट »

आरएसडीसी लघुवित्तद्वारा राहत कोषमा ७ लाख बढी सहयोग

आइतबार, ३० चैत्र २०७६, १९ : १९
6 Shares


बुटवल । रुपन्देहीको वुटवल उप–महानगरपालिका वडा नं. १० मा केन्द्रीय कार्यालय रहेको आरएसडीसी लघुवित्त वित्तीय संस्थाले संघीय, प्रदेश र स्थानीय सरकारले स्थापना गरेको कोरोना राहत कोषमा ७ लाख ५० हजार आर्थिक सहयोग गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत लघुवित्तले संघीय सरकार, प्रदेश ५सरकार र वुटवल उप–महानगरपालिकालाई आर्थिक सहयोग गरेको हो । लघुवित्तले संघीय सरकारको राहत कोषमा ३ लाख, प्रदेश सरकारको कोरोना राहत कोषमा ३ लाख र वुटवल उप–महानगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा १ लाख ५० हजार सहयोग गरेको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत दामोदर जोशीले जानकारी दिए । उनका अनुसार संघीय सरकारको राहत कोषमा रकम जम्मा र प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेल र वुटवल उप– महानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

चेक हस्तान्तरण कार्यक्रममा लघुवित्तका संचालक विष्णु प्रसाद पौड्याल र डेपुटी प्रमुख कार्यकारी अधिकृत रामप्रसाद पन्थीको समेत उपस्थिति रहेको थियो । विपद्सँग जुध्न सबै मिलेर अघि बढ्नुपर्ने भएकोले लघुवित्तको तर्फबाट सहयोग गरिएको र कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकारलाई पूरा साथ रहेको सञ्चालक विष्णु प्रसाद पौड्यालले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।