२४ माघ २०७९, मंगलवार

Feb 7, 2023

भैरहवा । कोरोना संक्रमणको महामारीबाट बच्नका लागि नेपाल सरकारले लकडाउन गरेको छ । विगत १७ दिनदेखि लकडाउन जारी छ र मुुलुुकमा कोरोना संक्रमण पनि देखिएका छन् । यस्तो अवस्थामा रगतको अभाव देखिएको छ । भैरहवास्थित सिद्धार्थनगर रक्त संचार केन्द्रमा रगतको अभाव रहेको भन्ने जानकारी प्राप्त भएपछि बिरामीहरुलाई अत्यावश्यक रगतको कमी हुन नदिन भनि मारवाडीं यूवा मञ्च भैरहवाले नेपाल रेडक्रस सोसाइटी सिद्धार्थनगरको सहयोगमा मारवाडीं सेवा संघ भैरहवामा बुधबार खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

Advertisement

मञ्चले कोरोना संक्रमण विरुद्ध उच्च सतर्कता अप्नाउँदै रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । सबै रक्तदाताहरुलाई सुरक्षाका लागि मास्क तथा ग्लोभ्स अनिवार्य गराइएको रक्तदान कार्यक्रममा ४३ जाना रक्तदाताहरुले रक्तदान गरेका छन् । साथै मञ्चले रक्त संचार केन्द्र भैरहवालाई एक थान पूर्ण पि.पि.ई. सेट समेत उपलब्ध गराएको मारवाडीं यूवा मञ्चका अध्यक्ष मनोज अग्रवालले बताए ।


कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सिद्धार्थनगरका उपाध्यक्ष दिपक क्षेत्री न्यौपानेले बिषम परिस्थितिमा समेत अत्यन्तै सतर्कताका साथ सामाजिक दूूरी कायम राख्दै मारवाडीं यूवा मञ्चले रक्तदान कार्यक्रम आयोजना गरेकोमा आयोजक तथा रक्तदातालाई धन्यवाद तथा आभार प्रकट गरे । कार्यक्रममा सि.न.पा. वडा नं–५ का वडा अध्यक्ष चेत बहादुर क्षेत्री, वडा सदस्य मोहित सेठिया, स्थानीय उद्योगी तथा मारवाडी सेवा संघ भैरहवाका अध्यक्ष हेमन्त कुमार अग्रवाल लगाएतको उपस्थिति रहेका थियो ।

अत्यावश्यक कममा समेत सामाजिक दुरी कायम राख्न सरकारले गरेको आग्रह अनुसारनै औपचारीक कार्यक्रम नराखीकनै रक्तदान सम्पन्न गरिएको कार्यक्रमका संयोजक बिनित बेरीवालले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

अभिनेत्री निता ढुंगानाले सार्वजनिक गरिन् आफ्नो चलचित्रमा काम गर्ने भारतीय कलाकारको यस्ता तस्बिर बुटवल उपमहानगरस्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि संयोजक र उप-समितिहरु गठन पूर्वसांसद कर्मा घलेको निधन ज्ञानगँगामा १६ वर्ष मुनिका अन्तर विद्यालय छात्र ब्याटमिन्टन मृत्युको आयु ! मणिमुकुन्द रनिङशिल्ड भलिबल : उद्घाटन खेलमा पर्वत र नवलपुर विजयी गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू भारतलाई हराउँदै नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा चुणामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश शेरबहादुर देउवालाई विपक्षी दलको सुविधा नदिन माग गर्दै सर्वाेच्चमा रिट सेयर बजार ७६.६४ अंकले बढ्याे बिदा घटाउने तयारीमा सरकार तिलोत्तमा २ स्थित शंकरनगर दुर्गादत्त माविमा विज्ञान प्रदर्शनी टर्की भूकम्पमा परेका घानाका खेलाडी सम्पर्क‍विहीन मुखमा सर्प हालेर ‘स्टन्डवाजी’ गर्ने साँप उद्धारकर्मीको मृत्यु नाबालिका बलात्कार आरोपमा वडाध्यक्ष राजन श्रेष्ठ पुर्पक्षको लागि कारागार चलान टर्की भूकम्प : ३६ घन्टामा १०९ पराकम्प, तीनवटा ७.५ म्याग्निच्युडका काठमाडौंका मुख्य सडकमा बत्ती जडान गर्न महानगर र प्राधिकरणबीच सम्झौता कर्णाली सरकारको निर्णय- १ फागुनमा जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने टर्की भुकम्प: ८ नेपाली सम्पर्कमा हुदाँ ३ जना सम्पर्क बाहिर