ताजा अपडेट »

रिचार्ज गर्दा शतप्रतिशत बोनस

बुधबार, १२ चैत्र २०७६, १८ : ११
4 Shares

बुटवल । नेपाल टेलिकमले रिचार्जमा शत प्रतिशत बोनस सेवा शुरु गरेको छ। कोरोनाको कारण देश लक डाउन भएपछी मानिसहरुको सम्पर्कको माध्यम फोन डाटा ईन्टरनेट  भएको छ।

अव १०० रिचार्ज गर्दा थप १०० नै बोनस प्राप्त हुने छ। नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार टेलिकमले बुधबारबाट यो सेवा सुरु गरेको हो। प्राधिकरणले मंगलबार मात्रै रिचार्जमा शतप्रतिशत बोनस सेवा सुरु गर्न निर्देशन दिएको थियो।

अब टेलिकमका सेवाग्राहीले जति रिचार्ज गर्छन् त्यति नै बोनस पाउनेछन्। टेलिकमको यो सेवा बुधबार दिउँसोबाट सुरु भएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।