ताजा अपडेट »

आरोमा हस्पिटालिटीद्वारा तिलोत्तमामा दिक्षान्त समारोह

विहीबार, ०८ चैत्र २०८०, १९ : ४४
574 Shares

बुटवल । योगिकुटीमा रहेको आरोमा हस्पिटालिटीको आयोजनामा उक्त संस्थामा ६ महिनाको कोर्ष पूरा गरेका विद्यार्थीलाई विहिबार दिक्षित गरिएको छ । साझोदारी संस्थाको रुपमा रहेको आरक भेन्चर्स प्रालि नेपालले युकेमा रहेको सिटी एण्ड गिर्ल्डसबाट सम्बन्धन प्राप्त गरी डिप्लोमा लेभलको कुलीनरी आर्टस्को कक्षा सञ्चालन गर्दै आएको  छ ।

दिक्षित भएका सबै विद्यार्थीहरु अहिले नेपालमा स्टार होटलमा जागिर समेत प्राप्त गरिसकेको अध्यक्ष रुपेश  बस्यालले जानकारी दिए  । उनका अनुसार  विद्यार्थीहरुले प्राप्त गरेको प्रमाणपत्रको मान्यता नेपालसहित विश्वका ८० बढी देशमा हुने गरेको छ । डिप्लोमा लेभल टुको कोर्ष पूरा गरेका विद्यार्थीहरुलाई मणिग्राममा एक कार्यक्रम आयोजना गरी प्रमाण-पत्र वितरण गरिएको हो ।

कार्यक्रममा सिटी एण्ड गिर्ल्डसका साउथ एशिया प्रतिनिधि जयन्त चौहानले विश्वको कुनै पनि स्थानमा यो कोर्ष पूरा गरेका विद्यार्थीहरुलाई १०० प्रतिशत रोजगारीको ग्यारेन्टी भएको बताएका थिए । उनले विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिँदै आगामी यात्राको सफलताको कामना समेत व्यक्त गरेका थिए । कार्यक्रममा आरके भेन्चर्सका सिईयो रिशेष केसी, आरोमा हस्पिटालिटीका डाईरेक्टर छवि पाण्डे, अभिभावक दुर्गा थापा, आवेश पौडेल, विकास गौतम लगायतले आ आफ्नो भनाई राखेका थिए ।

६ महिनाको कोर्ष पूरा गरेका विद्यार्थीहरुले नेपालका स्टार लेभलको होटलमा काम पाउने सम्भावना सत प्रतिशत नै रहेको हुन्छ । एउटा कोर्षको ३ लाख  ५० हजार रुपैयाँ खर्च रहेको छ । जसमा विद्यार्थीहरुले कोर्ष पूरा गरेपछि ईन्टरसिपको समेत व्यवस्था हुने गरेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।