ताजा अपडेट »

लुम्बिनी ईन्टिगेरेटेड एकेडेमीमा ‘शहिदहरुको भुमिका विषयक’ वकतृत्वकला

मंगलबार, १६ माघ २०८०, ११ : १५
806 Shares

 


बुटवल । शहिददिवसको अवसरमा लुम्बिनी ईन्टिगेरेटेड एकेडेमी तिलोत्तमा ३ रुपन्देहीमा राष्ट्र निर्माणमा शहिदहरुको भुमिका विषयक वकतृत्वकला कार्यक्रम भएको छ। कार्यक्रममा दुईवटा संकाय बिएस्सि फरेष्टि र बि ए कानुनका १४ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा प्रथम नवराज उपाध्याय, दोस्रो वर्षा पाण्डे र तृतीय विकास बिसी भइन् । एकेडेमीका शैक्षिक निर्देशक अशोक कुमार मल्लिकले कलेजले शैक्षिक कार्यक्रमका अतिरिक्त विद्यार्थीहरुका अन्तरनिहित प्रतिभा प्रस्फुटन हुने खालका गतिविधि गर्ने र सोहि क्रममा आज शहिद दिवसको अवसर पारेर यो कार्यक्रम गरिएको बताए। कार्यक्रममा उपप्रध्यापक दामोदर घिमिरेले नेपाला शहिद दिवस मनाउनुका कारण र शहिदको अवधारणा तथा प्रचलित कानुनी परिभाषाका  बारेमा आफ्नो प्रस्तुतीकरण गरेका थिए । 
कार्यक्रम एकेडेमीका शैक्षिक निर्देशक अशोक कुमार मल्लिकको अध्यक्षता  तथा विद्यार्थी रश्मि पौडेलले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन विद्यार्थीहरु हिमाल र मिना बुढाले गरेका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।