ताजा अपडेट »

वन पैदावारमा आधारित उद्यम प्रवर्द्धन सम्बन्धि एक दिवसीय सुरु

बुधबार, १६ फागुन २०८०, ११ : २७
64 Shares

बुटवल । वन पैदावारमा आधारित उद्यम प्रवर्द्धन सम्बन्धि एक दिवसीय कार्यक्रम बुधवार  तिलोत्तमा नगरपालिकाको शंकरपुरमा सुरु भएको छ । वनमा आधारित उद्यमलाई कसरी प्रवर्द्धन गर्न सकिन्छ,कृषि विकास बैंकले दिने कर्जाको पहिचान,उद्यम सञ्चालनमा  नीति तथा समस्याहरुले पारेको असर र गोष्ठीमा नयाँ उद्यमको खोजी तथा पहिचान गरिने आयोजक संस्था रेड कार्यान्वयन  केन्द्र, काठमाडौंका उपसचिव यज्ञमूर्ति खनालले बताए । 

वन निर्देशनालय,बुटवलका निर्देशक दधिलाल कंडेलले वनमा आधारित उद्यम प्रवर्द्धनका लागि विभिन्न तरिकाले सहयोग गर्न गोष्ठीको आयोजना गरिएको जानकारी दिए ।  गोष्ठीमा वन प्राविधिक पशुपति कोईराला लगायतले सहजीकरण गर्दैछन् ।  गोष्ठीमा वन पैदावार समूह,उद्यमी र सहजकर्ताहरुको सार्थक सहभागिता रहेको सामुदायिक वन समन्वय समितिका अध्यक्ष दलबहादुर गुरुङले बताए

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।