ताजा अपडेट »

पाम र भटमासको तेलको समग्र व्यापार सुस्तायो

सोमबार, ०८ माघ २०८०, ११ : २७
56 Shares

काठमाडौं। नेपालको अन्तर्राष्ट्रिय व्यापार सङ्कुचनमा परेको छ । सबैभन्दा धेरै आयातनिर्यात हुने शीर्ष पाँचमध्ये पर्ने पाम र भटमासको तेलको समग्र व्यापार अघिल्ला दुई आर्थिक वर्षमा सुस्ताउँदा निर्यात सुस्ताएको हो ।कच्चा पाम र भटमास आयात गर्ने र त्यसलाई प्रशोधनमार्फत भारत निर्यात गरेर प्रशस्त आम्दानी भइरहेकामा भारतको एउटा नीतिका कारण यी दुवैको नेपालबाट हुने व्यापार खस्किएको हो । यसैगरी छ महिनाको अवधिमा छिमेकी मुलुक भारतबाट ४ खर्ब ७४ अर्ब ८९ करोड ४१ लाख रुपियाँ बराबरको आयात भएकामा निर्यात भने ५० अर्ब ४४ करोड ५१ लाख रुपियाँ बराबरको भएको छ ।

आयात उच्च भए पनि निर्यात न्यून हुँदा भारतमा चार खर्ब २४ अर्ब ४४ करोड ८९ लाख रुपियाँ व्यापार घाटा रहेको छ । यस्तै सो अवधिमा अर्को छिमेकी मुलुक चीनबाट एक खर्ब ४७ अर्ब ३९ करोड ६४ लाख रुपियाँ बराबरको आयात हुँदा एक अर्ब ६० करोड ६३ लाख रुपियाँ बराबरको निर्यात भएको छ । आयात बढ्दै गए पनि निर्यात न्यून हुँदा चीनमा एक खर्ब ४५ अर्ब ७९ करोड एक लाख रुपियाँ व्यापार घाटा रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।