ताजा अपडेट »

भाटभटेनीको २७ औं स्टोर झापाको दमकमा संचालन

बुधबार, २३ फागुन २०८०, १० : ३९
190 Shares

झापा । नेपालमा अन्तरास्ट्रिय स्तरको सपिङ्ग प्रदान गर्दै आइरहेको मुलुककै ठूलो चेन सुपरस्टोर भाटभटेनीले झापाको दमकमा आज बाट २७ औं स्टोर समुद्द्घाटन सङै संचालनमा ल्याएको छ । आजको एक समरोह बिच शुभ लाभ बेलामा धार्मिक पद्धती अनुसार अध्यक्ष मिन्बहदुर गुरुङ्ले पुजा गरि स्टोर सन्चलनमा ल्यएका हुन । यो स्टोर झापा जिल्लामा दोस्रो हो । यस अघि झपाकै बिर्तामोडमा २६ औ स्टोर सन्चलनमा आइसकेको छ ।

झापाको ब्यापारिक शहर दमक–९ मा शिलान्यास गरेको १३ महिनामै भाट्भटेनिले नयाँ स्टोर सन्चलान मा ल्याएको हो । स्टोरको सन्चालनले यहाँको बजार र गतिविधिमा समेत छुट्टै रौनक आएको स्थानीयहरु बताउँछन् । १४ कट्ठा क्षेत्रफलमा करिब १ लाख १६ हजार स्क्वायरफिट सपिङ्ग स्पेस सहित यो स्टोर सन्चलनमा आएको हो । १ अर्ब ५० करोड बढी लगानीमा निर्माण गरिएको यो स्टोर कोशी प्रदेशको पाँचौ स्टोर हो । यस अघि झापाको विर्तामोडसहित कोशी प्रदेशका धरान, बिराटनगर तथा इटहरिमा स्टोर सन्चलनमा आइसेको छ ।

देशमा ब्याप्त आर्थिक मन्दीका कारण ब्यपार ब्यवसायमा निरासा छाएको समयमा भाटभटेनीको संचालनलने पूर्वी नेपालको आर्थिक बिकासमा थप टेवा पुग्ने विश्वास गरिएको छ । भाटभटेनीको स्थापनाले आर्थिक चलायमान हुनुको साथै यश क्षेत्रको प्रयटकीय गतिविधीलाई समेत थप मजबुत बनाउने भन्दै यहाँका अन्य निजी क्षेत्रहरुसमेत उत्साहित बनेका छन् । उपभोक्तालाई बजार मुल्य भन्दा सस्तो एवम् गुणस्तरीय सामग्री एकै ठाउँबाट उपलब्ध गराइनेहुदा सामनको मूल्य र गगुणस्तरमा ग्राहक ठगिन नपर्ने भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङ बताउँछन् ।

भाटभटेनी ब्यवसाय मात्र नभैकन यो रोजगारी अभियान पनि रहेको बताउदै गुरुङ्ले भाटभटेननी दमक तथा यश आसपसका उपभोक्ताको शपिङका लागि पहिलो रोजाई बन्ने बिश्वास लिएको बतयए । स्टोरमा यस क्षेत्रका करिब ३०० स्थानीयले रोजगरि प्राप्त गरेको समेत उनले बताए । आफ्नै देशमा केही गर्नुपर्छ भनेर आफ्नो सम्पुर्ण उर्जा देशमै लगाएको बताउदै उनले पछिल्लो समय राज्यको ब्यवाहारले आफुलाई केही मात्रामा हतोत्साही बनाएको भएतापनी आफू नडगमगाएको र रास्ट्रको समृद्धिको अभियानमा आफू निरन्तर लाग्ने बताए ।

स्वदेशी तथा विदेशी ब्राण्डका उच्च गुणस्तरका विभिन्न सामानहरु पाईने यस सुपर स्टोरमा झापा जिल्लासहित आसपसका छिमेकी जिल्लाबाट समेत उपभोक्ताहरु किनमेलका लागि आउने अपेक्षा गरिएको छ । नेपालमै अन्तर्राष्ट्रिय स्तरको सपिङ अनुभव र सेवा प्रदान गर्ने तथा नेपालमै रोजगारीको अवसर सृजना गर्ने उद्देश्यसहित देशभरका मुख्य ठूला शहरहरुमा भाटभटेनीको स्टोर विस्तार भैसकेको क्षेत्रीय ब्यवस्थापक बिनोद भट्टराईले बताए ।

आज बाट संचालनमा आएको यस स्टोरले उदघाटनका अवसरमा आम ग्राहकहरुलाइ प्रत्येक सामानको खरिदमा १० देखि २० प्रतिशतसम्म छुटको ब्यवस्था पनि रहेको स्टोरका अपरेसन म्यानेजर पानु पौडेलले बताए । यस स्टोरमा ग्रोसरी, किचनवेयर, रेडिमेड गार्मेन्ट, फुटवेयर, इलेक्ट्रोनिक्स, ब्रान्डेड गार्मेन्ट, ब्रान्डेड फूट्वेर, फूड्कोर्ट, मल्टिप्लेक्स सिनेमा हल तथा बालबलिकाका लागि किड्स जोन तथा स्केट पार्क लगायतका सुबिधाहरु रहेका छन।

12345678910

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।