ताजा अपडेट »

नेप्से परिसूचक ११७.७० अंकले वृद्धि

सोमबार, २१ फागुन २०८०, १५ : १७
78 Shares
सोमबार, २१ फागुन २०८०
78 Shares

काठमाडौं । नेप्से परिसूचक ११७.७० अंकले वृद्धि भएको छ । सोमबार ११७.७० अंकले वृद्धि भएको सेयर बजार २०७८ विन्दुमा पुगेर बन्द भएको छ । 

माओवादी–कांग्रेससहितको गठबन्धन भत्किएर माओवादी–एमाले सत्ता गठबन्धन बनेसँगै सोमबार सेयर बजारमा उछाल आएको हो । सोमबार ६ प्रतिशतले सेयर बजार बढेको हो । सोमबार बजारमा दुईपटक सकारात्मक सर्किट लागेको थियो । यसदिन २३७ कम्पनीको ९ लाख ३४ हजार ९१९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७५ करोड २० लाख ९ हजार ९७८ रुपैयाँको कारोबार भएको छ । 
यसदिन २३० कम्पनीको सेयर मूल्य बढेको छ भने २ कम्पनीको सेयर मूल्य घटेको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।