ताजा अपडेट »

दमकमा भाटभटेनीको २७ औं स्टोर : फेरिँदै बजारको रौनक

शनिबार, १९ फागुन २०८०, ०८ : ५९
292 Shares

दमक । पूर्वी नेपालमा आफ्नो बजार विस्तारलाई अघि बढाएको मुलुककै ठूलो चेन सुपरस्टोर भाटभटेनीले झापाको दमकमा २७ औं स्टोर स्थापना गरी सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । यो स्टोर झापाकै बिर्तामोडपछिको दोस्रो हो । झापाको ब्यापारिक शहर दमक-९ मा गतवर्ष माघ ४ गते स्टोर शिलान्यास गरेको भाटभटेनीले १३ महिनामै नयाँ स्टोर स्थापना गर्न सफल भएको छ । स्टोर सञ्चालनको तयारीसँगै यहाँको बजार र गतिविधिमा समेत छुट्टै रौनक आउन लागेको स्थानीयहरु बताउँछन् ।

पूर्वको ब्यापारिक शहर दमकमा अन्तर्राष्ट्रिय स्तरको सपिङ अनुभव प्रदान गर्ने उद्देश्यसहित स्थापना गरिएको यो स्टोर १४ कट्ठा क्षेत्रफलमा करिब १ लाख १६ हजार स्क्वायरफिट सपिङ्ग स्पेस सहित सन्चलनमा आउन लागेको हो । १ अर्ब ५० करोड बढी लगानीमा सन्चलनमा आउने यो स्टोर झापा जिल्लामा दोस्रो हो भने कोशी प्रदेशको पाँचौ स्टोर हो । यस अघि झापाको विर्तामोडसहित कोशी प्रदेशका धरान, बिराटनगर तथा इटहरिमा स्टोर सन्चलनमा आइसेको छ ।

देशमा ब्याप्त आर्थिक मन्दीका कारण ब्यपार ब्यवसायमा निरासा छाएको बेला भाटभटेनीको संचालनलने पूर्वी नेपालको आर्थिक बिकासमा थप टेवा पुग्ने विश्वास गरिएको छ । भाटभटेनीको स्थापनाले आर्थिक तथा यश क्षेत्रको प्रयटकीय गतिविधीलाई समेत चलायमान बनाउने भन्दै यहाँका अन्य निजी क्षेत्रहरुसमेत उत्साहित बनेका छन् । उपभोक्तालाई बजार मुल्य भन्दा सस्तो एवम् गुणस्तरीय सामग्री एकै ठाउँबाट उपलब्ध गराइनेहुदा सामनको मूल्य र गगुणस्तरमा ग्राहक ठगिन नपर्ने भयेकाले भाटभटेननी दमक तथा आसपसका उपभोक्ताको शपिङका लागि पहिलो रोजाई बन्ने भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङ बताउँछन् ।

भाटभटेनी ब्यवसाय मात्र नभै रोजगारी अभियान पनि रहेको र यो स्टोरमा यस क्षेत्रका करिब ३०० स्थानीयले रोजगर प्राप्त गरेको उनले बताए । आफ्नै देशमा केही गर्नुपर्छ भनेर आफ्नो सम्पुर्ण उर्जा देशमै लगाएको बताउदै उनले पछिल्लो समय राज्यको ब्यवाहारले आफूलाई केही मात्रामा हतोत्साही बनाएको भएतापनि आफू नडगमगाएको र न्याय पाउने विश्वास राखेको समेत बताए ।

स्वदेशी तथा विदेशी ब्राण्डका उच्च गुणस्तरका विभिन्न सामानहरु पाईने यस सुपर स्टोरमा झापा जिल्लासहित आसपसका छिमेकी जिल्लाबाट समेत उपभोक्ताहरु किनमेलका लागि आउने अपेक्षा गरिएको छ । नेपालमै अन्तर्राष्ट्रिय स्तरको सपिङ अनुभव र सेवा प्रदान गर्ने तथा नेपालमै रोजगारीको अवसर सृजना गर्ने उद्देश्यसहित देशभरका ठूला शहरहरुमा भाटभटेनीको स्टोर विस्तार भैरहेको क्षेत्रीय ब्यवस्थापक बिनोद भट्टराईले बताए । यही फागुन २३ गतेबाट औपचारिक रुपमा संचालनमा आउने यस सुपर स्टोरको लागि सम्पूर्ण तयारि पूरा भएको भाटभटेनीले जनाएको छ ।

उदघाटनका अवसरमा आम ग्राहकहरुलाइ प्रत्येक सामानको खरिदमा १० देखि २० प्रतिशतसम्म छुटको ब्यवस्था पनि रहेको स्टोरका अपरेसन म्यानेजर पानु पौडेलले बताए । यस स्टोरमा ग्रोसरी, किचनवेयर, रेडिमेड गार्मेन्ट, फुटवेयर, इलेक्ट्रोनिक्स, ब्रान्डेड गार्मेन्ट, ब्रान्डेड फूट्वेर, फूड्कोर्ट, मल्टिप्लेक्स सिनेमा हल तथा बालबलिकाका लागि स्केट पार्क लगायतका सुबिधाहरु रहने भाटभटेनीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।