ताजा अपडेट »

राजनीतिले धरापमा पर्यो नेपालकको खेलकूद : केन्द्रिय उपाध्यक्ष श्रेष्ठ

शुक्रबार, २३ मंसिर २०७९, १९ : ४२
74 Shares

दाङ । दाङ जिल्ला स्तरीय खुला कराते प्रतियोगीता २०७९ आजदेखि तुलसीपुरमा सुरु भएको छ । नेपाल सितोरियो कराते संघ दाङको आयोजनामा संचालित प्रतियोगीताको कराते महासंघका केन्द्रिय उपाध्यक्ष बद्री नाथ श्रेष्ठले उद्घाटन गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले राजनीति प्रवेशसँगै नेपालको सिङ्गो खेलकुद क्षेत्र धरापमा परेको बताए ।

‘राष्ट्रको सान र गौरव बोकेको स्वच्छ खेलकुदमा राजनीति प्रवेश हुनु खेलप्रेमी खेलाडीका लागि दुर्भाग्यपूर्ण हो, यसले नेपालको खेलकूद तीन दशक पछाडि धकेलिएको छ’–उनले भने, ‘झण्डै चार दशक अगाडिको खेलकुदको बिकासक्रम र हालको अवस्था हेर्दा अहिले विजोग लाग्छ ’ खेलकूदको विकासका लागि आउने अनुहार खुला प्रतिस्पर्धा नभई राजनीतिक न्युक्ति प्रक्रियाबाट आउनुले खेलकुद क्षेत्रले विशुद्ध खेल बिकास चाहने ब्यक्ति पाउन नसकेको श्रेष्ठको भनाई छ । अब खेलकुदको बिकास गर्ने नै हो भने दरिलो आँट र ईच्छा शक्ति भएका खेलप्रेमी जुट्नु पर्नेबेला आईसकेको उनले बताए ।

दुईदिनसम्म संचालन हुने प्रतियोगितामा कुमुते महिला तर्फ २०, २५, ३०, ४० र ४५ केजि तौल समूह र पुरुषतर्फ २५, ३०, ४०, ४५ र ५० केजी तौल समूह बीच प्रतिस्पर्धा हुने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।