ताजा अपडेट »

मित्रपार्कमा खानेपानीको पाइपलाइन बिछ्याउन सडकमै खाल्डो, सवारी आवागमन प्रभावित

आइतबार, १८ मंसिर २०७९, १२ : ०४
24 Shares

काठमाडौं। काठमाडौंको मित्रपार्कमा खानेपानीको पाइपलाइन बिछ्याउन सडकमा खाल्डो खनिएकाले सो क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ । सडकको एक लेन खाल्डोले ढाकेका कारण  सवारी आवागमन प्रभावित भएको ट्राफिक प्रहरीले जनाएको छ । 

यस्तै लाजिम्पाटस्थित सांग्रिला होटेलबाट रानीबारीतर्फ जाने मोडमा पनि खानेपानीको पाइप लाइनका लागि खाल्डो खनिएको छ । उक्त सडक खण्ड हुँदै चल्ने सवारीसाधनलाई वैकल्पिक मार्गको प्रयोग गर्न चालक ट्राफिक प्रहरीले आग्रहसमेत गरेको छ । हाल विभिन्न नाका हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन सामान्य तवरले चलिरहेका पनि ट्राफिक प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।