ताजा अपडेट »

मैथिल समाज नेपाल रुपन्देहीमा नया नेतृत्व

शनिबार, ०३ चैत्र २०८०, ०७ : १५
706 Shares

बुटवल ।  रुपन्देहीमा बिभिन्न पेशा व्यवसाय अंगाली स्थाई वा अस्थाई रुपमा बसोबास गरीरहेका मैथिल भाषीहरुको संस्था मैथिल समाज नेपाल रुपन्देहीको आठौं अधिवेशन बाट सर्वसम्मत रुपमा उदय कुमार सिंहको नेतृत्वमा नया कार्य समिति चयन भएको छ । आज बुटवलमा सम्पन्न आठौं अधिवेशनले सिंहको नेतृत्वमा ११ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो । 

नयाँ कार्यसितिको उपाध्यक्षमा रिता कुमारी शाह, सचिवमा मनोज मण्डल, सह–सचिवमा प्रशान्त महतो, कोषध्यक्षमा श्रवण कुमार शाह तथा सदस्यहरुमा अनिता झा, गणेश महतो, शम्मी महतो, निलम शाह, प्रध्युम्न शाह तथा अबिनय महतो (बब्लु) निर्वाचित भएका हुन । भेलाले राम उदगार यादवको संयोजकत्वमा अशोक सिंह तथा अल्का ठाकुर सहितको ३ सदस्यिय आर्थिक तथा लेखा समिति समेत चयन गरेको छ ।

रुपन्देहीमा रहेर आफ्नो मात्री संस्कृतिको जगेर्ना गर्नूकासाथै मैथिली संस्कृतिलाई संरक्षण तथा प्रवद्धन गर्दै सबैमाझ परिचित गराउने उदेश्ले मैथिल समाज नेपाल रुपन्देहीको जन्म भएको स्मरण गर्दे नव निर्वाचित अध्यक्ष उदय कुमार सिंहले समाजले रुपन्देहीमा रहेका मैथिल भाषिहरुको बिचमा आपसी भातृत्वको बिकास गर्दै आफ्ना परम्परा र संस्कृतिको संरक्षणमा उल्लेखनिय भुमिका खेल्ने बताए। समाजले समय समयमा बिभिन्न सामाजिक कार्यहरुमा हातेमालो समेत गर्दे आएको छ ।

समाजमा आजिवन सदस्य तथा साधारण सदस्य सहित ३०० भन्दा बढि मैथिली भाषिहरुको आवद्धता रहेको छ। कोशि प्रदेश तथा मधेश प्रदेशमा बाट रुपन्देही आई बिभिन्न पेसा व्यवसाय गरी बसिरहेकाहरु यस समाजमा आवद्ध छन । नव निर्वाचित कार्यसमितिको कार्यकाल २ वर्षको रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।