१६ मंसिर २०७९, शुक्रबार

Dec 2, 2022

बुटवल । सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कूलमा बुधबार नमूना मतदान सम्पन्न भएको छ । मङ्सिर ४ गते हुन गइरहेको संघ र प्रदेश तहको निर्वाचनको सन्दर्भमा विद्यार्थीहरूलाई प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

Advertisement

नमुना मतदानमा कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरूले संघ र प्रदेशकालागि प्रत्यक्ष र समानुपातिक गरी ४ वटा मतपत्रमा मतदान गरेका थिए । निवार्चनमा ५५४ जना विद्यार्थी मतदाताहरूको नाम प्रकाशितभएता पनि जम्मा ५४१ जना विद्यार्थी मतदाताहरूले मतदान गरेका थिए । नमुना मतदानमा ९७.६५ प्रतिशत मतदाताले मतदान गरेको नमुना मतदानकार्यक्रम संयोजक अमर खत्रीले जानकारी गराए ।

मतदानमा नेपाल सरकार मातहतका म्यादी प्रहरी र विद्यालयका स्वयम्सेवकले सुरक्षा प्रदान गरेका थिए । प्रत्यक्ष निर्वाचनतर्फ संंघमा एक सिट, समानुपातिककालागि ३ सिट, प्रदेशतर्फ प्रत्यक्षमा २ सिट,प्रदेशतर्फ समानुपातिककालागि ३ सिट निर्धारण गरी गरिएको नमुना निर्वाचनमा डाँफे, लुम्बिनी, सगरमाथा, जनकपुर र कर्णाली गरी जम्मा ५ वटादलले उम्मेदवारी दिएका थिए भने स्वतन्त्रतर्फ कसैको उमेदवारी परेको थिएन ।

चार वटामतदान केन्द्रमा सम्पन्न नमुना मतदानमा एक वटा मतदान केन्द्रबाट विद्युतीय मतदान गर्न सकिने व्यवस्था मिलाइएको थियो भने बालकृष्ण पाठक, विकास हमाल, दीपकचन्द्र भुसाल र पुरुषोत्तम पाण्डेयले मतदान अधिकृतको भूमिका निर्वाह गरेका थिए।

नमुनामतदान कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले मतदाता शिक्षाकालागि निर्वाचन आयोगले गर्ने काम दीपबोर्डिङ हाई स्कूलले गरेको र यसले आउँदो मङ्सिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनकालागि विद्यार्थीमार्फत अभिभावकहरूलाई मतदाता शिक्षामा महत्वपूर्ण योगदान पुर्याउने बताए ।

विद्यालयका प्राचार्य तथा नमुना निर्वाचनका प्रमुख निर्वाचन आयुक्त टीकारामन्यौपानेले नमुना निर्वाचनले संघ र प्रदेशमा प्रत्यक्ष र समानुपातिकतर्फ जनताको प्रतिनिधित्व कसरी हुन्छ? मतदान कसरी गर्ने ?मतदानमा के कति मतपत्र हुन्छन् ? मत कसरी पट्याउने भन्ने कुरा विद्यार्थीहरूलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

नमुना मतदानमा विद्यालयकाप्राचार्य टीकारामन्यौपानेले प्रमुख निर्वाचन आयुक्त, उपप्राचार्य त्रयज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य, प्लस टु संयोजक वसन्तकुमार जोशी, लेखाप्रमुख रेखा श्रेष्ठले निर्वाचन आयुक्त, विज्ञान संकायका संयोजक कमल नेपाल, कक्षा ९ र १० का संयोजक के.बी. खाम्चा, गणित विषय प्रमुख जनक पन्थीले पर्यवेक्षक, एकराज गुरागाईं र अनिल पङ्गेनीले विद्युतीय मतदानको संयोजन, विजय सापकोटाले सुरक्षा संयोजन, सन्दिप बस्याल र रेखा आचार्यले स्थलगत व्यवस्थापन, कृष्ण भुसालले मतदानको कार्यालय यव्यवस्थापनगरेका थिए।

नमुना मतदानको मतगणना बिहीबार बिहान १० बजेदेखि गरिने र त्यसको नतिजा दिउँसो २ बजेभित्र घोषणा गरिने प्रमुख निर्वाचन आयुक्त टीकाराम न्यौपानेले बताए।

प्रतिकृया दिनुहोस्

Flash News

नेवार कन्याहरुको ईहि शुरु भिम रावललाई बालेनको जवाफ: ‘तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने रहर छैन’ धनगढीमा शनिबार बिहानसम्म निषेधाज्ञा थप कैलाली प्रहरीको नियन्त्रणमा रहेका विद्यार्थीलाई रिहाइ गर्न विद्यार्थी संगठनहरूको माग आज बिहानदेखि रोकिएको बाजुराको मतगणना पुनः सुरु सरसफाइकर्मीका परिवारलाई स्वरोजगार र उद्यममा जोड्छौ: पाण्डे बैतडी हत्या प्रकरण : दोषिलाई तत्काल कानुनी दायरामा ल्याउन कर्मीको माग कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ निबन्ध लेखन प्रतियोगितामा इडन प्रथम वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट छैनौं : प्रमुख आयुक्त थपलिया माओवादी केन्द्रसँग पार्टी एकता हुने हल्ला निराधार : एकीकृत समाजवादी भीम रावलको प्रश्न : परराष्ट्र मन्त्रालयको अनुमतिमा बालेन साहले अमेरिकी राजदूतलाई भेटेका हुन् ? अपाङ्गताको न्यायमा पहुँच सहजताका लागि साझा पहल जरुरी अघिल्लाे चुनावमा दुई लाख मत कटाएकाे विवेकशील साझालाई समानुपातिकतर्फ ७८९ मत मात्र कांग्रेसबाट समानुपातिकतर्फ को-को पुरुष सांसद बन्लान्, यस्तो छ हिसाब किताब पश्चिम नवलपरासीमा भन्सार छलेको ३० क्वीन्टल चिनी बरामद सरकारमा युवाहरुले नेतृत्व लिनु पर्छः डा.चन्द्र भण्डारी बाजुरापछि दोलखा (ख) मा पनि रोकियो मतगणना निषेधित क्षेत्रमा प्रदर्शन भएपछि धनगढीमा ८ राउन्ड हवाइ फायर, दर्जन बढी विद्यार्थी पक्राउ कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार