ताजा अपडेट »

सन्दीपको मुद्दा सुनुवाइमा के–के हुँदै छ ?

मंगलबार, ०१ जेठ २०८१, १४ : ३०
420 Shares
मंगलबार, ०१ जेठ २०८१
420 Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बहस जारी छ । उक्त मुद्दाको न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको संयुक्त इजलासमा सुनुवाइ तोकिएको थियो ।

सन्दीपको मुद्दा सुनुवाई भैरहँदा अदालत बाहिर बाक्लो सुरक्षा व्यवस्था तैनाथ गरिएको छ भने उनका समर्थकहरुले ब्यानरसहित फैसलाको प्रतिक्षा गरिरहेका छन् । यसै बीच उनको समर्थनमा विभिन्न जिल्लाहरुमा समेत र्याली तथा सभाहरुको आयोजना भएका छन् ।

सन्दीपको मुद्दालाई अग्राधिकार दिएर एक नम्बर पालोमा राखिएको छ । सरकारी पक्षका दुई जना वकिलले बहस गरिसकेका छन् । त्यसपछि सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्ण सापकोटा, मुरारी सापकोटा र शम्भु थापाले पनि बहस सिध्याएका छन् । अब वरिष्ठ अधिवक्ता रामनारायण बिडारी र सविता भण्डारीले बहस गर्ने छन् । सन्दीप पक्षको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्ने त्यसपछि न्यायाधीशले फैसला सुनाउने बताइएको छ ।

स्रोतका अनुसार आजै फैसला आउन सक्ने सम्भावना पनि छ । यदि आज बहस नसकिए मुद्दालाई हेर्दा हेर्दैमा राखेर भोलि यही इजलासमा सुनुवाइ हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।