ताजा अपडेट »

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा, भोली पनि बहस जारी रहने

मंगलबार, ०१ जेठ २०८१, १८ : २५
108 Shares
मंगलबार, ०१ जेठ २०८१
108 Shares

काठमाडौं । उच्च अदालत पाटनमा सन्दीप लामिछानेको मुद्दामा बहस नसकिएपछि हेर्दाहेर्दैमा परेको छ । बुधाबार पुनः सोही ईजलासमा बहस जारी रहने छ । उक्त मुद्दाको न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको संयुक्त इजलासमा सुनुवाइ तोकिएको थियो ।

सन्दीपको मुद्दाको आज पहिलो नम्बरमै पालो थियो र बिहानैबाट बहस सुरु भएको थियो । मँगलबार सन्दीपको पक्षबाट ५ वकिलहरूले बहस गरिसकेका छन् ।यसै गरी गौशाला २६ को तर्फबाट २ सरकारी वकिलले बहस सकेका छन् । गौशालाका निजी वकिलहरूको बहस भने भोली पनि जारी हुने बुझिएको छ ।

जिल्ला अदालत पाटनले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । त्यस विरुद्ध सन्दीपले गरेको पुनरावेदनमा सुनवाइ भइरहेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।