ताजा अपडेट »

एभरेष्ट माविमा कक्षा-१२ का विद्यार्थीलाई विदाई तथा शुभकामना

शनिबार, १० चैत्र २०८०, ०७ : २२
44 Shares

बुटवल । बुटवल सुख्खानगरमा रहेको एभरेष्ट इङलिस माध्यमिक विद्यालयमा कक्षा-१२ का विद्यार्थीको विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । कक्षा-११ का विद्यार्थीले कक्षा–१२ को परीक्षाका लागि तयारी अवस्थामा रहेका विद्यार्थीलाई विदाईसँगै परीक्षाको सफलताको शुभकामना गरेका हुन् ।

कक्षा-११ का विद्यार्थीले आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै प्रदेश परीक्षा ब्यवस्थापन कार्यालय लुम्विनीका प्रमुख रमाकान्त तिवारीले संस्कारयुक्त शिक्षा र जीवन उपयोगि शिक्षा अहिलेको आवश्यकता रहेको बताए । उनले विद्यार्थीहरुलाई आवश्यक पर्ने शिक्षण सिकाईमा कमि हुने गरेको उल्लेख गर्दै उहाँले काम लाग्ने र जीवन उपयोगि शिक्षा विद्यार्थीका लागि आवश्यक हुने बताए । ठूलो शैक्षिक जनशक्ति अध्ययनको शिलशिलामा विदेशिने गरेको बताउँदै उनले अध्ययनकै लागि विदेशिने शैक्षिक जनशक्ति रोक्ने योजना र कार्यक्रम ल्याउन आवश्य रहेको बताए । उनले एभरेष्टले दक्ष जनशक्ति उत्पादनमा महत्वपुर्ण भूमिका खेलेको भन्दै एभरेष्टको प्रशंसा गरे ।

कक्षा–११ का विद्यार्थी डेभिट खनालको अध्यक्षतामा सहप्राचार्य भिमसेन गौतम, विद्यार्थी स्नेहा गौतम लगायतले कक्षा १२ को परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई सफलताको शुभकामना दिए । कार्यक्रममा विद्यार्थीलाई शुभकामना दिदै प्राचार्य कृष्ण न्यौपाने शैक्षिक गुणस्तर वृद्धिसँगै विद्यार्थीलाई आवश्यक पर्ने र संस्कार सहितको शिक्षाका लागि प्राथमिकता दिएको बताए ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।