८ आश्विन २०७९, शनिबार

Sep 24, 2022

लमजुङ । मर्स्याङ्दी गाउँपालिका-३ हर्सिङडाँडा पछिल्लो समयमा पर्यटकीय गन्तव्य बन्दै गएको छ । केही समयबाट यहाँ पर्यटकहरू घुम्न तथा बास बस्नका लागि समेत पुग्ने गर्दछन् । दैनिक एक सय देखि दुई सय जना पर्यटक आउने र बिदाको समयमा दोब्बर पर्यटक आउने गरेको स्थानीय पर्यटन व्यवसायी पूर्णबहादुर गुरुङले बताए । उनले भने, ‘पहिला पहिला फाट्टफुट्ट दुई चार जना पर्यटक आउने गरे पनि केही महिनाबाट भने पर्यटक एक्कासि वृद्धि भइरहेको छ ।’ 

Advertisement

यहाँ घुम्न, हेर्न लायकका ठाउँ तथा ऐतिहासिक स्थलसमेत रहेकाले पर्यटकीय गन्तव्य बन्न थालेको पर्यटन व्यवसायीहरूको भनाई छ । यहाँ चार जना युवा मिलेर खाना बस्नका लागिसमेत सुविधा दिन थालेसँगै पर्यटक आगमनमा वृद्धि हुन थालेको छ । यस डाँडामा राष्ट्रिय विभूति भक्ति थापाले गाईबस्तु चराउने गरेको इतिहासमा उल्लेख छ । यसै वडामा वि.सं. १८०२ सालमा खुदीको ढंगैबेसीमा जन्मिनु भएका भक्ति थापाको बाल्यकाल बितेको हर्सिङडाँडामा बस्तुभाउ चराउँथे । 

ऐतिहासिक तथा पर्यटकीय स्थल हर्सिङडाँडाको संरक्षण गर्दै पर्यटकीय गन्तव्य बनाउने अभियानमा यहाँका स्थानीयदेखि सरोकार वाला एकजुट हुनुपर्ने मर्स्याङ्दीका प्रेमबहादुर बस्नेत बत्ताउँछन् । हर्सिङडाँडामा गाईबस्तु चराएका भक्ति थापा वि.सं. १९७१ मा नेपाल–अङ्ग्रेज युद्धको बखत नेपालका वरिष्ठ सैनिक थिए । उनी  लमजुङ जिल्लाको पुँवर थापा परिवारमा जन्मिएका । उनले पहिले लमजुङका राजा केहरि नारायण शाहका सेनाका सरदार भएकाले लमजुङका तर्फबाट धेरै पटक युद्ध लडेको इतिहास छ। 

गोरखासँगको अन्तिम युद्धमा पराजित भई युद्धवन्दीका रूपमा काठमाडौं पुगेको करिब एक वर्ष पछि उनी नेपाली फौजका सरदार भई नेपाल एकीकरण अभियानमा संलग्न थिए । १८७८ मा ७३ वर्षको उमेरमा नेपाल अङ्ग्रेज युद्धमा देउथलको लडाइँको नेतृत्व उनले गरे । देउथलमा अंग्रेजविरुद्ध तरबारसहित तीन सय सेना लिएर युद्ध गरेका थापाको अंग्रेजको गोली लागेर मृत्यु भएको थियो । 

अङ्ग्रेज सेनाले गोर्खाली सेनाको वीरताको कदर गर्दै थापाको शवमा दोसल्ला ओढाएर सम्मानकासाथ अमरसिंह थापालाई बुझाएको इतिहास छ ।

प्रतिकृया दिनुहोस्

Flash News

आर्थिक वृद्धिदर र जनताको हित विपरित गठबन्धन सरकार : पूर्व अर्थमन्त्री पौडेल चारपाला सामुदायिक वनमा गठबन्धनलाई पराजित गरी एमालेको प्यानलनै विजयी कपिलबस्तुमा बस र ट्रक ठोक्किए : एकको मृत्यु, ३१ जना घाइते भरुवा बन्दुकसहित कपिलवस्तुका २७ वर्षीय प्रेम पक्राउ दशैं आयो, खाद्य डिपो केन्द्रमा चामल आएन देशभर ७४ कोरोना संक्रमित थपिए, थप एकको मृत्यु एमाले देवदह अध्यक्ष चापागाईंद्वारा पार्टी परित्याग, स्वतन्त्र उम्मेदवारीको घोषणा  बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत तथा अन्तरक्रिया यसपालिको विपद् : पहिरो, आगलागी र चट्याङबाट बढी मानवीय क्षति बालबिकास र विद्यालयका कर्मचारीको तलब बढायो धुर्कोटले लिलाम नहुँदा भन्सारमा थन्किए करोडौंका गाडी पुमसे च्याम्पियनशिपमा रुपन्देहीकी रियाशा र दिपिकालाई कास्य संघीयतापछि नयाँ आर्थिक केन्द्र बन्न थालेका छन्ः वर्षमान पुन गुल्मी अर्खाबाङ्ग-रुपन्देही सम्पर्क समाजले वनवाटिकामा स्टल निर्माण गर्ने सत्यमोहन जोशीको आजिवन रेखदेख सरकारले गर्छ: खाँण ग्रामीण सडक : बर्खामा बन्द, हिउँदमा खुला यती एअरलाइन्सले सार्वजनिक गर्‍यो चाडपर्व लक्षित योजना मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु, एक जना घाइते भजनीका चार हजार बाढी पीडित घर फर्के पनि तीन हजार बढी अझैँ विस्थापित सिरियामा डुंगा दुर्घटना, ७७ बढी आप्रवासीको मृत्यु