ताजा अपडेट »

बुटवलमा आज बिहानैदेखि ७ घण्टा विद्युत अवरुद्ध हुने

सोमबार, ३० साउन २०७९, ०५ : १५
26 Shares

बुटवल । बुटवलमा सोमबार विहानदेखि ७ घण्टा विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्र अन्तर्गत राजमार्ग चौराहदेखि गोलपार्कसम्मको पूर्व फिडर अन्तरगत ११ केभिए लाइन विहान ७ बजेदेखि बन्द हुने भएको हो ।

प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै सोमबार विहान ७ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत अबरुद्ध हुने जनाएको छ । राजमार्ग चौराहदेखि गोलपार्कसम्मको ६ लेन सडक विस्तार अन्तरगत सडकमा रहेका विद्युत पोल सार्नका लागि विद्युत लाइन काटिने भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।