२७ श्रावण २०७९, शुक्रबार

Aug 12, 2022


बुटवल । रुपन्देहीमा मुलुककै ठूलो र पहिलो स्वचालित आलु उद्योग स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ । शुद्धोधन गाउँपालिकाको मैनहियामा स्थापना हुन लागेको यो उद्योग वातानुकुलित समेत हुनेछ ।

रुपन्देहीका प्रतिष्ठित उद्योगी कृष्ण पौडेलले फस्ट च्वाइस् फूड प्रालि नामक आलु उद्योगको स्थापना गर्न लागेका हुन् । बुटवलमा मासु उद्योगको सफलतापछि उनले आलु उद्योग सञ्चालनमा ल्याउन लागेका हुन् ।आलु उद्योग अर्थात फ्रेन्च फ्राई उत्पादन गर्ने उद्योगले ६ महिनाभित्र उत्पादन सुरु गर्दैछ । उद्योगी पौडेल नेपालमै मासुलाई आधुनिकीकरण गरेर नमुना उद्योगी बनेका थिए । करिब दुई अर्ब लागतमा उनले अहिले आलु उद्योग सुरु गर्न लागेका हुन् ।

‘जर्मन प्रविधिमा आधारित यो उद्योगले अबको  ६ महिनामा उत्पादन सुरु गर्नेछ,’ उद्योगी पौडेलले भने । उद्योगको उत्पादन क्षमता प्रति घण्टा दुई हजार केजी रहेको र  प्रत्यक्ष रुपमा एक सय ५० जनाभन्दा बढील रोजगारी पाउँछन् । यो उद्योगले वार्षिक करिब साढे ६ अर्बको आयातलाई घटाउनेछ । हाल नेपालमा वार्षिक करिव १२ अर्वको आलु तथा यसका परिकारहरुको आयात भैरहेको छ । उनले अहिले जुन भन्सार दरमा फ्रेन्च फ्राईको आयात भएको छ यसलाई नबढाउन र यथास्थितिमा राख्न आग्रह गरेका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

साउदीबाट ९३ नेपालीलाई एक्जिट भिषा, ६० दिन भित्र देश छाड्नु पर्ने बढ्दै जनैको महत्व, गत वर्ष साढे १७ करोडको आयात देशैभर आज पनि वर्षाको सम्भावना, भोलि र पर्सी ठूलो पानी पर्ने आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र : कसले सञ्चालन गर्ने बारे अन्यौल अन्तर्राष्ट्रिय युवा दिवस : युवाका समस्या जस्ताको त्यस्तै अक्सफोर्डका विद्यार्थीलाई स्वागत तथा सम्मान ‘अमेरिका मेरो बुढा छ’ सार्वजनिक एकिकृत समाजवादीका अध्यक्ष नेपाललाई कोरोना संक्रमण गुल्मीको वार्षिक समीक्षा गोष्ठीमा जे देखियो… सामाजिक सञ्जालमार्फत महिलालाई सास्ति दिएको भन्दै एक जना पक्राउ सनराइज बैंकको लगानीमा चौतारी निर्माण एमालेले गठन गर्‍यो ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी लुम्बिनीका १० सहित ६३ पालिकाले अझै बजेट पेश गरेनन् चाउचाउपछि फिल्मी क्षेत्रमा रुपन्देहीको यशोदा समूह, चलचित्र ‘फूलबारी’ निर्माण गर्दै माओवादीबाट ३ पटक जितेका टोपबहादुरले एमालेबाट के गर्लान्? कोरोना संक्रमणबाट एकै दिन पाँच जानाको मृत्यु राप्रपा रुपन्देही उपाध्यक्ष गुप्ताद्वारा पदबाट राजीनामा (पत्रसहित) भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै सर्वोच्चमा रिट दायर, सोमबार पेसी रुपन्देही ट्राफिक प्रहरीकाे अभियान : तीब्र गतिका सवारीलाई नियन्त्रण