ताजा अपडेट »

नेप्से परिसूचक २८ अंकले घट्यो

विहीबार, ०१ चैत्र २०८०, १५ : ०९
20 Shares

काठमाडौं । नेप्से परिसूचक करिब २८ अंकले घटेको छ । बिहीबार २७.८४ अंकले घटेको सेयर बजार २०८०.८७ विन्दुमा आएर बन्द भएको छ । 

यसदिन ३०३ कम्पनीको १ करोड १४ लाख ८३ हजार ६१७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३०२ रुपैयाँको कारोबार भएको छ । 

यसदिन ४४ कम्पनीको सेयर मूल्य बढ्दा १९६ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।