ताजा अपडेट »
मन्त्रिपरिषद् पुनर्गठन

१७ महिनामा १७औं पटक मन्त्रिपरिषद् पुनर्गठन, उपेन्द्रको स्थानमा प्रदीप बने मन्त्री

मंगलबार, ०१ जेठ २०८१, ०५ : ५०
106 Shares
मंगलबार, ०१ जेठ २०८१
106 Shares

काठमाडौं। मन्त्रिपरिषद् १७ महिनामा १७औं पटक पुनर्गठन गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २०७९ पुस ११ गते प्रधानमन्त्रीको शपथ लिएकामा त्यसयता उनले सत्तामा रहने दल आफ्नो स्वार्थ अनुसार फेर्दै १७ पटक मन्त्रिमण्डल पुनर्गठन गराएका छन्।

पुनर्गठित मन्त्रिपरिषद्‍मा एक साताअघि गठन भएको जसपाका सांसद प्रदीप यादव र हसिना खान थपिएका छन्। प्रदीपलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त गरिएको छ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सोमबार सरकारबाट बाहिरिएपछि उनको स्थानमा प्रदीपलाई मन्त्री बनाइएको हो। उनले सोमबार साँझ शीतल निवासमा पद तथा गोपनियताको शपथ लिएका छन्।

Untitled-1

प्रदीपसहितका ७ सांसदले वैशाख २३ गते जसपा नेपाल विभाजन गरेका थिए। पार्टी विभाजनपछि उपेन्द्र सरकार छाड्न बाध्य हुँदा प्रदीपले महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका हुन्।

जसपाले सोमबार अपराह्‍न प्रदीपका साथै रञ्जुकुमारी झालाई मन्त्री र हसिना खानलाई राज्यमन्त्री नियुक्त गर्न प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो। खानले राज्यमन्त्रीको रुपमा शपथ लिएकी छन्।

जसपाका नवल किशोर साह सुडी वन तथा वातावरणमन्त्री छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।