ताजा अपडेट »

सुनको मूल्य घट्दा चाँदीको बढ्यो

आइतबार, ०४ चैत्र २०८०, १२ : ४०
52 Shares

 

काठमाडौं, ४ चैत । नेपाली बजारमा आइतबार सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ । 

 

अघिल्लो कारोबार दिनको तुलनामा आइतबार तोलामा ४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।


चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेर १ हजार ५३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।