ताजा अपडेट »

‘टाटा एस’, ईभिको दैनिक किस्ता १ हजारभन्दा कम स्वरोजगार बन्न चाहनेका लागि उत्तम विकल्प

विहीबार, ०१ चैत्र २०८०, ०७ : ०८
86 Shares

काठमाडौं । नेपालका लागि टाटा गाडीको अधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले लाईट कमर्शियल भेईकल सेगमेन्टमा ईलेक्ट्रिक टाटा एस इभीको बिक्री सुरु गरेको छ ।  सिप्रदीले नेपालमा बिक्री गर्दै आएको इलेक्ट्रीक लाइट कमर्शियल गाडी टाटा एस स्वरोजगार बन्न चाहनेका लागि एक उत्तम विकल्प हो । इलेक्ट्रीक एसले डिजेल गाडीको तुलनामा ४० प्रतिशत बढी रकम बचत गर्ने कम्पनीले जनाएको छ । विद्युतीय गाडीहरूको संचालन खर्च एकदमै कम हुने भएकाले यस्ता लाइट कमर्शियल गाडीहरू स्वरोजगार बन्न चाहने चालकका लागि निकै उपयोगी मानिन्छन । यस्ता गाडीहरु शहरी क्षेत्रमा दूध, फलफूल, पानी, ग्यास, खाद्यान्न लगायतका सामाग्रीको नियमित ओसारपसार गर्न सहज हुन्छन् । साइजमा कम्प्याक्ट र ६५० केजी भार बोक्न सक्ने क्षमता भएको कारण टाटा एसले सहरका गल्लीहरूमा पनि सहजै सामान ओसारपसार गर्न सक्ने कम्पनिको दाबी छ । ।

यसको कार्गो बक्सको साइज २१२५ एमएम, चौडाइ १४१० एमएम र उचाइ १४५० एमएम रहेको छ भने पूरा साइज भने ३८०० एमएम रहेको छ । चार मिटरभन्दा छोटो टाटा एसमा १६० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । सिप्रदीले यसको भेहिकल वारेन्टी ३ वर्ष वा १ लाख २५ हजार किलोमिटर दिएको छ । हाइ भोल्टेज ब्याट्रीमा भने ६ वर्ष वा १ लाख ६० हजार किलोमिटर वारेन्टी रहेको छ । कन्टेनर बडी डिजाइनमा रहेको टाटा एस ईभीमा २१.३ किलोवाट आवर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री दिईएको छ । उक्त ब्याट्रीलाई फुलचार्ज गर्दा १५४ किलोमिटर गुडाउन सकिने कम्पनीको दाबी छ । टाटाले यसमा २७ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर प्रयोग गरेको छ भने यसको पीकटर्क भने १३० एनएम रहेको छ ।

मूल्य र मासिक किस्ता

सिप्रदीले इलेक्ट्रीक टाटा एसको मूल्य २० लाख ९९ हजार रुपैयाँ रहेको छ । अहिले कुनै पनि किसिमको विद्युतीय सवारीसाधन किन्न बैंकबाट गाडीको मूल्यको ८० प्रतिशतसम्म सहजै कर्जा सुविधा पाइन्छ । यसरी टाटा एस किन्ने स्वरोजगार चालकले ४ लाख १९ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट गरेर बाँकी रकम कर्जा सुविधा लिन सक्नेछन् । बैंकले ७ वर्षको लागि कर्जा सुविधा दिने र ब्याजदर पनि अहिले १० प्रतिशत हाराहारीमा पाउने भएको कारण मासिक किस्ता पनि निकै कम पर्छ । डिजेल प्रयोग गर्नु नपर्ने, एक पटक फुलचार्ज गर्न २१० रुपैयाँको विद्युत भए पुग्ने र मासिक किस्ता पनि दिनको १ हजारभन्दा कम पर्ने भएको कारण चालकले राम्रो आम्दानी गर्न सक्ने देखिन्छ । यसको मासिक किस्ता २७ हजार ९०० रुपैयाँ हाराहारी तिर्नपर्ने हुन्छ ।

 
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।