ताजा अपडेट »

पेट्रोलियम पदार्थमा लाग्दै आएको कर १० रुपैयाँले घटाउने तयारी

शुक्रबार, १३ जेठ २०७९, १३ : २४
4 Shares

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने गृहकार्य गरेको छ । मन्त्रिपरिषद बैठकले सैद्धान्तिक सहमति दिएपछि अर्थ मन्त्रालयले पूर्वाधार र भन्सार करवापत प्रतिलिटर १० रुपैयाँ कर घटाउने तयारी गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै जाँदा हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १८०, डिजेल र मट्टितेलको १६३ रुपैयाँ पुर्‍याइएको छ । केही दिनअघि भारत सरकारले पनि कर कटौती गरी इन्धनमा राहत प्रदान गरेको थियो । अत्याधिक करका कारण इन्धनको मूल्य अचाक्ली भएको भन्दै चर्को आलोचना भएपछि सरकारले केही कर घटाउन लागेको हो ।

हाल आईओसीबाट प्रतिलिटर १ सय १७ रुपैयाँ १८ पैसामा खरिद गरेको पेट्रोलमा प्रतिलिटर ६३ रुपैयाँ २३ पैसा, १ सय ३४ रुपैयाँ ५४ पैसामा किनिएको डिजेलमा ४५ रुपैयाँ ९१ पैसा कररशुल्क लाग्ने गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।