ताजा अपडेट »

मनास्लु हिमालको वेसक्याम्पमा सेनाद्वारा सफाई अभियान शुरु, ४ हजार किलो बढी फोहर संकलन

शनिबार, ०७ जेठ २०७९, १५ : ३०
8 Shares

बुटवल । नेपाली सेनाले सफाहिमालअभियान २०२२ अन्तर्गत यही जेठ २ गतेदेखि विश्वको ८ औं अग्लो एमटी मनास्लु हिमालवाट सफाई अभियान शुरु गरेको छ । गोरखाजिल्लाको मानसिरी रेन्जमाअवस्थित एमटी मनास्लु हिमाल८ हजार १६३ मिटर अग्लो रहेको छ

नेपाली सेनाका सेनानी आदित्य कार्कीको नेतृत्वमा रहेको नेपाली सेनाको २४ जनातथा शेर्पा सहितको टोली सफाईमा जुटेको छ । टोलीले अहिलेसम्म ५सय ५५ केजीबायोडिग्रेडेबल र ३ हजार ४६८ ननबायोडिग्रेडेबल फोहोर वेक्याम्प र त्यो भन्दामाथिको स्थानबाट संकलन गरेको गरुडदल गण रामनगर बुटवलकासेनानीमनोज डंगोलले बताए ।

जैविक विबिधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले नेपाल सरकारको राष्ट्रिय कार्यक्रअनुसार अभियान जारी रहेको छ । वेसक्याम्प वरिपरिका स्थानहरुको फोहोर संकलनको काम जारी रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।