ताजा अपडेट »

कालीगण्डकीमा माओवादी र एमालेबीच चुनावी तालमेल

आइतबार, २५ बैशाख २०७९, १२ : १०
8 Shares

अर्बेनी । गुल्मी जिल्लाको कालिगण्डकी गाउँ पालिका अर्बेनी पुग्दा माओवादी केन्द्र र एमालेका कार्यकर्ताहरु चुनावी सभाको तयारीमा जोडतोडले खट्दै गरेका देखिए ।

केहि क्षणमै एमाले निकट राष्ट्रिय युवासंघ र माओवादी केन्द्र निकट वाईसीएल नेपालका युवाहरु सम्मिलित मोटर साईकलको जुलुस कालिगण्डकी गाउँ पालिका बाट अध्यक्ष र उपाध्यक्षका उम्मेदवार रामजी ढकाल र मन्जु दर्लामीलाई अगाडि राखेर सभा स्थलमा आइपुग्दा त्यहाँ उपस्थिति ठुलो जनसमुदाय उत्साहित देखिए ।

देशैभरि माओवाद केन्द्र एमालेका विरुद्ध काँग्रेस लगाएतका दलहरुसँग गठबन्धन गरेर स्थानीय निर्वाचनमा होमिएको छ । तर यहि गठबन्धनलाई चिर्दै गुल्मी जिल्लाका दुई गाउँ पालिका धुर्कोट र कालिगण्डकी गाउँपालिकामा भने एमाले र माओवादी वर्गिय मित्रता कायम गर्दै सँयुक्त रुपमा निर्वाचन लड्दै छन् ।

चुनावी सभामा आफ्नो धारणा राख्दै नेकापा माओवादी केन्द्रकि कार्यकर्ता रहेकि तर सूर्य चिन्हबाट उपाध्यक्ष पदकि उम्मेदवार मन्जु दर्लामीले जनताको आवस्यकता र चाहनाले चुनावि तालमेल भएको र मुख्यरुपले कालिगण्डकी गाउँपालिकामा दिगो विकास आफ्नो अभिष्ट रहेको बताईन ।

यतिबेला म सूर्य चिन्हबाट उम्मेदवार बनेकी छु हामी बिच वर्गीय मायाँ छ र यहि वर्गिय मायाले हामीलाई एक ठाउँमा उभ्याएको छ उनको भनाई थियो ।
‘कालीगण्डकीमा यो तालमेल वाम एकताको पहलमा एउटा आयाम त छँदैछ सँगै गाउँपालिकाको विकासका लागि अपरिहार्य आवस्यकता हो ।’ गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार रामजी ढकाल भन्छन् ।

‘मानिसले विगतलाई सच्याउन सक्दैन तर वर्तमानमा एउटा असल निर्णय गर्न सक्छ ,त्यहि विगत सच्याउँदै कालीगण्डकीको समग्र विकासका लागि हामीले यो तालमेल गरेका हौँ । ’ ढकालले भने ।

‘विदेशी र घरेलु प्रतिक्रियावादीका षडयन्त्रका कारण एमाले विभाजन भयो प्रचण्डले माधव नेपालले पार्टी छाडेर गए पनि राम बहादुर थापा बादल , टोपबहादुर रायमाझी ,लेखराज भट्ट प्रभु शाह लगाएत ठुलो संख्या यतिबेला एमालेमै छ र वास्तवमा भन्नु पर्दा एमाले संयुक्त नेकपा हो । ’ नेकपा एमालेका नेता कमल राज श्रेष्ठको धारणा छ ।

‘गठबन्धन त विचार नीति मिल्नेसँग हुनुपर्छ त्यसैले पनि कालीगण्डकी गाउँ पालिकाका एमाले र माओवादीका कमरेड हरुले यो वाम तालमेल गर्नु भएको छ र यो तालमेल वँश मिल्नेहरुको तालमेल हो ,विचार मिल्नेहरुको तालमेल हो।’ नेता श्रेष्ठको धारणा छ ।

हुनपनि कालीगण्डकी गाउँपालिकामा दुवैदलक कार्यकर्ताहरु साझा प्रतिबद्धता र आपस सद्भाव ,वर्गिए एकताका साथ चुनावी मोर्चामा छन् । उनिहरुका मन मिलेका छन गाउँको विकासका लागि एजेन्डा मिलेका छन त्यसैले त सबै बाधा अवरोधलाई चिर्दै सँयुक्त रुपमा अगाडि बढेको देखिएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।