ताजा अपडेट »

बुटवलमा ई-रिक्साकाे दिर्घकालिन व्यवस्थापन गर्छाै : एमाले उपाध्यक्ष पाैडेल

विहीबार, २२ बैशाख २०७९, १२ : ५५
6 Shares

बुटवल । नगरको भरपर्दो यातायातको रूपमा स्थापित विद्युतीय रिक्सा (ई–रिक्सा) को बुटवलमा दिर्घकालीन व्यवस्थापनको काम हुने भएको छ । विगतमा अन्यौलमा परे पनि अब बुटवलमा ई–रिक्क्साको सही र दीर्घकालीन व्यवस्थापन गर्ने जिम्मा आफूले लिने एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल बताए ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बुटवल उपमहानगरपालिका ई–रिक्सा कमिटीको भेलालाई संवोधन गर्दै नेता पौडेलले ई–रिक्साको अब व्यवस्थापनको काम कुनै हालतमा नरोकिने बताए । ‘कार्यविधि बनेर पनि फेरि संशोधन भई पारित गरेर राजनपत्रमा प्रकाशित भएको रहेछ’–पौडेलले भने, ‘स्वरोजगार मजदुरको गहिरो पीडा मैले थाहा पाए । अब बुटवलमा एमालेबाट निर्वाचित जनप्रतिनिधि आएपछि ई–रिक्साको सही समाधान हुनेछ ।’ ‘विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यविधि २०७६’ निर्माण गरेको छ तर, यसको कार्यान्वयन भने धेरै चुनौती देखिएको छ । त्यसको नयाँ सिराबाट समाधान खोजिने छ ।’ पौडेलले ई– रिक्सा चालकका सबै मागहरु जायज रहेको बताए ।

बुटवल उपमहानगरपालिका एमालेकातर्फबाट मेयर प्रत्यासी बाबुराम भट्टराईले रिक्साको सही व्यवस्थापन गरी विद्युतीय बसहरु पनि नगरले सञ्चालन गर्ने अबधारणा रहेको बताए । त्यस्तै एमालेकै डेपुटी मेयरका प्रत्यासी सावित्रादेवी अर्यालले ई–रिक्सा सम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने बताए । मदन भण्डारी स्पोर्टर्स एकेडेमीका अध्यक्ष धु्रव आचार्यले श्रम र मजदुरलाई एमालेले सधै संवोधन गर्ने बताए ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बुटवल उपमहानगरपालिका ई–रिक्सा कमिटी अध्यक्ष कपिल रसाइलीले आफूहरुका समस्या समाधानमा ढुक्क रहेको बताए । ई रिक्सा समितिका डिआर पोखरेलले एमालेले नैं बुटवलमा ईरिक्साको सही व्यवस्थापन गर्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।