१८ मंसिर २०७९, आईतवार

Dec 4, 2022

पाकिस्तान । इमरान खानले आइतबार पाकिस्तानमा अर्को र्‍याली गरेका छन् । प्रधानमन्त्री पद छाडेपछि लाहोरमा भएको यो र्‍यालीमा इमरानले अब देशमा विदेशी षड्यन्त्रविरुद्ध संघर्ष सुरु भएको बताएका छन् ।

इमरान खानले देशमा जनताले चुनेको सरकारलाई ध्वस्त पार्न विदेशबाट षड्यन्त्र भइरहेको दाबी गरे । तर जनताले जवाफ दिने उनको भनाइ छ । यसअघि ट्विट गर्दै उनले भनेका थिए, ‘आजदेखि पाकिस्तानमा सत्ता परिवर्तनको विदेशी षडयन्त्रविरुद्ध स्वतन्त्रताको सङ्घर्ष सुरु हुन्छ ।

पाकिस्तानमा सोमबार नयाँ प्रधानमन्त्री चयन हुँदैछ । इमरानको पार्टी तेहरिक–ए–इन्साफले शाह महमूद कुरेशीलाई उम्मेदवार बनाएको छ । उनी विपक्षी दलका संयुक्त उम्मेदवार शाहबाज सरिफसँग प्रतिस्पर्धा गर्दैछन् । इमरान खानले बारम्बार आफूलाई ‘विदेशी शक्तिहरूले सत्ताबाट हटाउन षड्यन्त्र गरेको’ आरोप लगाउँदै आएका छन् ।-एजेन्सी

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

हिजाब नलगाएपछि सरकारले भत्कायो इरानी आरोहीको घर सामाजिक सुरक्षामा तीस प्रतिशत आबद्ध इन्डोनेसियामा शक्तिशाली भूकम्प माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै गोकुल बास्कोटाको घरमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय उपमेयर डंगोलको निर्देशन: आकाशे पुल तत्काल मर्मत गर्नु, बार घटाएर पारदर्शी बनाउनू भूमि आयोगको सूचनापछि काठमाण्डौंमा थप आक्रामक बन्दै उपत्यका विकास प्राधिकरण नेत्रहीन टी-२० विश्वकपमा नेपाल, टोली आज भारत प्रस्थान हुँदै ठूला तीन दल खुम्चिदा नयाँ दुई दलको भयो उदय पहाडी क्षेत्रमा बदलीको सम्भावना सजिलो सहकारीको छैटौं अधिवेशन, अध्यक्षमा पुनः पोख्रेल बुटवल तथा सैनामैनाका यी स्थानमा आइतबार विद्युत अनियमित हुने (सूचनासहित) देवदहकी दिपा मृगौला रोगले पीडित, सहयोगका लागि परिवारको अपिल दाङमा चार महिनामै थपिए करिब तीन सय उद्योग, ६१ करोड बढीको पूँजी लगानी भैरहवामा मंसिर १८ देखि अन्तर विद्यालय टि-२० क्रिकेट अमरज्योतीको १४ औं वार्षिक साधारणसभा तिलोत्तमाको मेलामा दर्शकको चाप बढ्दै, शनिबार मात्रै ५० हजारले अवलोकन गरेको दाबी ‘परदेशको पसिनाको उचित प्रतिफल निकाल्न राज्यको ध्यान जानुपर्छ’ बुद्ध सामुदायिक टेलिभिजनको अध्यक्षमा पुनः ओम ज्ञवाली डुब्न थालेपछि रुपन्देहीका सहकारीहरु एक ठाउँमा, संकट टर्नेमा अभियान्ताहरुकै आशंका