ताजा अपडेट »

कपिलबस्तुमा म्यादी प्रहरीमा भर्ना हुन युवाले राखे जिन्स पाइन्टको गोजीमा १ किलोको ढक

शनिबार, १९ चैत्र २०७८, १२ : ०७
8 Shares

बुटवल । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरी भर्ना जारी छ । देशभरनै आवश्यक भन्दा करिब ३ गुणा बढी आवेदन परेको छ । ४० दिने अस्थायी जागिरका लागि आकर्षण पनि बढ्दो छ । यसै क्रममा कपिलवस्तुमा म्यादी प्रहरी भर्ना हुुनको लागि तौल कम भएपछि एक युवाले जिन्स पाइन्टको गोजीमा एक किलो ढक राखेर भर्ना छनौटमा भाग लिँदा प्रहरीले नियन्त्रणमा लिएको छ।

युवकको साथबाट १ किलोको फलामे ढक र मोबाइल फेला परेको हो । पटक– पटक खाना समेत खाएर तौल पुर्याउन खोजेपछि खानतलासी गर्दा ढक र मोबाइल फेला परेको प्रहरी निरीक्षक जगतनाथ मरासिनीले बताए । उनको वास्तविक तौल ४८ किलो रहेको र भर्ती हुन न्यूनतम ५० किलो तौल आवश्यक हुनाले उनले यस्तो गरेको प्रहरी ले बताएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।