ताजा अपडेट »

१ करोड ७७ लाख ३३ हजार ७२३ जनाले मतदान गर्न पाउने

आइतबार, १३ चैत्र २०७८, १९ : ०८
8 Shares

काठमाडौं । आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख बढी मतदाता हुने भएका छन् । 

निर्वाचन आयोगका अनुसार वैशाख ३० को निर्वाचनका लागि आज बसेको आयोगको बैठकले अन्तिम नामावली टुंगो लगाएको हो । जस अनुसार १ करोड ७७ लाख  ३३ हजार ७ सय २३ जना मतदाता आगमी निर्वाचनमा सहभागी हुन पाउने भएका हुन् ।

जसमा ८९ लाख ९२ हजार १० जना पुरुष मतदाता छन् भने महिला मतदाताको संख्या ८७ लाख ४१ हजार ५ सय ३० जना रहेको छ । त्यस्तै अन्यमा १८३ जना मतदाता छन् । 

सबैभन्दा बढी मतदाता मोरङमा ७ लाख १५ हजार २ सय २३ जना छन् भने सबैभन्दा कम मनाङमा ६ हजार ४ सय ९६ मतदाता रहेको आयोगले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।