ताजा अपडेट »

गुल्मी तम्घास बसपार्कका दर्जन बढी होटलमा अनुगमन

मंगलबार, ०८ चैत्र २०७८, २१ : ०८
30 Shares

गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासका बसपार्कमा रहेका होटलहरुमा अनुगमन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मी, जिल्ला प्रशासन कार्यालय गुल्मी, रेसुङ्गा नगरपालिका, जिल्ला प्रहरी कार्यालय गुल्मी र पत्रकारसहितको टोलीले अनुगमन गरेको हो । तम्घास बजारको अत्ति ब्यस्त हुने स्थान बसपार्कमा रहेका होटलहरुको अबस्था बारे अनुगमन गरिएको थियो ।

बसपार्क क्षेत्रका १ दर्जन बढी होटलहरुमा गरिएको अनुगमनको क्रममा केहि होटलहरुले नविकरण नगरि सञ्चालन गरेको पाइएको थियो । अनुगमनको क्रममा पछिल्लो समय होटलहरुले सरसफाईमा ध्यान दिएको पाइएको थियो । बिभिन्न निकायले बेला बेलामा गरिने अनुगमनले गर्दा बसपार्क क्षेत्रमा रहेका होटलहरुको अबस्था सुध्रिर्दै गएको छ ।

बसपार्क क्षेत्रमा मानिसहरुको चाप पनि हुने भएकाले त्यस स्थनका होटलहरु अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका उद्योग अधिकृत लक्ष्मण घिमिरेले बताए । अनुगमन गरिएका होटलहरु सरसफाइ लगायतको अबस्था सन्तोष जनक पाइएको घिमिरेले बताए । तम्घास बजार क्षेत्रसँगै बिभिन्न स्थानीय तहमा पनि निरन्तरता दिइने भएको छ । अनुगमन कर्ताले केहि होटलहरुलाई थप सुधारर्नु पर्ने सुझावहरु पनि दिइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।