ताजा अपडेट »

रुपन्देहीको चम्कीपुरमा दश दिने धन धन्याञ्चल महायज्ञ, काली मन्दिर बनाउने लक्ष्य

मंगलबार, ०८ चैत्र २०७८, २० : ५७
2 Shares



भैरहवा । रोहिणी गाउँपालिका वडा नम्बर ६ चम्कीपुरमा आयोजित १० दिने बिष्णु धन धन्याञ्चल बिष्णु महायज्ञमा स्थानियहरु रम्न थालेका छन् । भारतका प्रख्यात कलाकारहरुद्वारा देखाइने रासलीलामा चम्कीपुर मात्र नभइ वरिपरिका ग्रामीण क्षेत्रका जनता एवम सीमावर्ती भारतीयहरुको पनि घुईचो लाग्ने गरेको छ ।

चम्कीपुरमा रहेको डिउहरमा काली मन्दिर निर्माण गर्ने उद्देश्य सहित महायज्ञ भई रहेको आयोजकले जनाएका छन् । महायज्ञमा यज्ञाचार्य आचार्य श्रीकान्त मिश्रले प्रवचन गरि रहेको छन् ।
चैत्र ५ गते कलश यात्राबाट सुरु भएको महायज्ञ आज चौथो दिन जारी रहेको छ । महायज्ञ मूल आयोजक समितिमा सचिव अनिल चौधरीका अनुसार महायज्ञमा प्रत्येक दिन बिहान साढे ८ बजे देखी साढे ११ बजे सम्म हवन, १२ बजे देखी ३ बजे सम्म रामलीला र रातीमा कृष्णलीलाको आयोजना भइ रहेको छ । रामलीला र कृष्ण रासलीलाको लागी भारत वृंदावनका श्री साक्षी गोपाल रासलीला एवम रामलीला समूहका कलाकारले स्थानिहरुको मन जितेका छन् ।

महायज्ञ मूल समितिका अनुसार महायज्ञ सञ्चालन गर्न करिब १० लाख खर्च लाग्ने छ । महायज्ञबाट बाँकी रहेको रकमबाट गाउँमा रहेको काली मन्दिरको अधुरो निर्माण कार्यलाई निरन्तरता दिईनेछ । तेश्रो दिनको महायज्ञ उदघाटन रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै उनले गाउँपालिकाले संस्कृति एवम धर्म रक्षा गर्न उल्लेख्य काम गरेको बताए । उनले अहिलेको युवा पुस्तालाई धर्म संरक्षणमा लाग्न महायज्ञले सहयोग पुग्ने बताए ।

गाउँपालिकाले आफ्नो कार्यक्षेत्रमा मस्जिद, मन्दिर, बिद्यालय, मदरसा आदि निर्माणको लागी पनि कामहरु गरेको बताए । महायज्ञमा उनले १ लाख ११ हजार १ सय ११ रुपैया आर्थिक सहयोग गर्ने घोषणा समेत गरेका थिए । यादवले महायज्ञ समितिलाई यसको निरन्तरता दिए प्र्रत्येक बर्ष ५१ हजार रुपैया सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।