ताजा अपडेट »

अझै सुध्रिएन नेपाल, भ्रष्टाचार गर्ने मुलुकमा ११७ नम्बर

मंगलबार, ११ माघ २०७८, १४ : ३२
4 Shares

काठमाण्डौं । विश्वमानचित्रमा नेपालले यस वर्ष पनि भ्रष्टाचार हुने मुलुकमै रेकर्ड बनाएको छ । गत वर्षभन्दा यस वर्ष पनि भ्रष्टाचारको अवस्थामा नेपाल नसुध्रिएको ट्रान्सपरेन्सी इन्टरनेसनलको रेकर्डले पुष्टि गरेको छ।

ट्रान्सपरेन्सी इन्टरनेसनलको सुचकांक अनुसार यस वर्ष पनि नेपाल भ्रष्टाचार हुने मुलुकको ११७औं स्थानमा छ । गत वर्ष पनि नेपाल सोही स्थानमा रहेको थियो । ट्रान्सपरेन्सी इन्टरनेसनलले मंगलबार जर्मनीमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) अनुसार भ्रष्टाचार हुने १८० देशमध्ये नेपाल ११७औं स्थानमा परेको हो । ‘अघिल्लो र यस वर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रूपमा लिन सकिन्छ ।’ प्रतिवेदनमा उल्लेख गरिएको छ ।

रिपोर्टअनुसार, डेनमार्क, फिनल्यान्ड र न्युजिल्यान्ड कूल १०० मा ८८ अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा छन् भने साउथ सुडान ११ अंक मात्र पाई सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा दरिएको छ। टीआईले सन् १९९५ देखि हरेक वर्ष भ्रष्टाचार हुने मुलुकको सूची सार्वजनिक गरिरहेको छ। नेपाललाई भने सन् २००४ देखि यस्तो सूचीमा राख्ने गरिएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।