ताजा अपडेट »

तिलोत्तमालाई बालमैत्री नगर घोषणा गर्दै पौडेलले भने–निरन्तरता चुनौतीपूर्ण

बुधबार, २९ मंसिर २०७८, १५ : ३२
12 Shares

बुटवल । पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले रुपन्देहीको तिलोत्तमा नगरलाई बालमैत्री नगर घोषणा गर्दै तिरन्तरताका लागि आग्रह गरेका छन् । बालमैत्री नगर घोषणासँगै निरन्तरता र कार्यान्वयनको चुनौती सुरु भएको बताउँदै उनले यसलाई अझ उनन्त हैसियतमा विकास गर्न आग्रह गरे ।

रुपन्देहीमै पहिलो बालमैत्री घोषणा भएको तिलोत्तमाले भौतिक विकाससँगै मानवीय बिकासलाई समेत सँग–सँगै अगाडी बढाएको उल्लेख गरे । तिलोत्तमाको भौतिक तथा आर्थिक विकासका लागि आफू प्रतिवद्ध भएको बताउँदै पौडेलले जुनसुकै सहयोगका लागि तत्पर रहेको उल्लेख गरे ।भव्य समारोहका बीच बुधबार तिलोत्तमा नगरको प्राङ्गणमा आयोजित कार्यक्रममा तिलोत्तमालाई बालमैत्री बनाउन सामूहिक प्रतिवद्धता गरिएको छ ।

कार्यक्रममा एमालेका केन्द्रिय सदस्य धनश्याम भुसाल, लुम्बिनी प्रदेशकी कानून, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा अर्याल, प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ लगायत विभिन्न दलका नेता, जनप्रतिनिधी, विभिन्न संघ संस्थाका प्रतिनिधि सञ्चारकर्मीहरुको बाक्लो सहभागिता रहेको थियो ।

बालमैत्री नगर घोषणाका लागि ५१ वटा सूचकमध्ये ३८ वटा सूचकमा शतप्रतिशत उपलव्धि हासिल गर्नुपर्ने हुन्छ । त्यस्तै ६ वटा सूचकमा ९५ प्रतिशत उपलव्धि, एउटा सूचकमा ९० प्रतिशत र ६ वटा सूचकमा ८० प्रतिशत नतीजा प्राप्त गरी बालमैत्री नगर घोषणा गर्न सकिन्छ । त्यसपछि शतप्रतिशत हासिल भएका सूचकको निरन्तरता र ९५, ९० र ८० प्रतिशत नतीजा हासिल भएका सूचकलाई शतप्रतिशतमा पुर्‍याउने प्रतिवद्धता सहितको पञ्चवर्षीय रणनीतिक योजना र प्रतिवद्धता गरेमा बालमैत्री घोषणा गर्न सकिने प्रावधान रहेको छ ।

घोषणा कार्यक्रममा नगरप्रमुख बासुदेव घिमिरेले प्रतिवेदन पेश गरेका थिए । कार्यक्रमको सञ्चालन नगरपालिका प्रवक्ता सुरेन्द्र श्री गरि रहेका छन् भने उपप्रमुख जागेश्वरी चौधरीले स्वागत मन्तव्य राखेकी थिइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।