ताजा अपडेट »

पर्यटकको बसाई लम्बाउन सरोकारवाला बीच छलफल हुने

शुक्रबार, ०१ कार्तिक २०७६, २१ : ३४
6 Shares

कार्तिक १,
ग्लोबल आवाज
बुटवल । नेपाल पर्यटन पत्रकार महासंघ रुपन्देहीले जिल्लाको पर्यटकीय सम्भवाना र पर्यटकको बसाई लम्बाउने विषयमा सरोकारवालासगँ व्यापक छलफल गर्ने भएको छ । संघको शुक्रबार बुटवलमा बसेकोे बैठकले कार्तिक ६ गते बुटवलमा पर्यटन क्षेत्रसगँ सम्बन्धित सरोकारवालासगँ पर्यटकको बसाई लम्बाउने विषयमा छलफल गर्ने निर्णय गरेको हो । सो कार्यक्रम सम्पन्न गर्नका लागि महासंघकी उपाध्यक्ष मिना ढकाललाई संयोजकको जिम्मेवारी दिएको छ ।

कार्यक्रममा पर्यटन तथा होटल ब्यवसायी, पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहने बताइएको छ । महासंघका अध्यक्ष नरेश के.सी.को अध्यक्षतामा बसेको बैठकले महासंघ,रुपन्देहीको सल्लाहकारमा पत्रकार खिमानन्द भट्टराई र प्रदिप आचार्यलाई चयन गरेको छ भने शान्त सुनार र ललिता घिमिरेलाई कार्यसमिति सदस्यमा मनोनित गर्दे कार्यसमितिलाई पूूर्णता दिएको सचिव तेजेन्द्र के.सी.ले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।