ताजा अपडेट »

दानापुरताल महोत्सव जारी,आजदेखि प्रथम कन्चन डान्स आइडल

बुधबार, १६ माघ २०७५, ०७ : १२
8 Shares


माघ १६,
सैनामैना । कन्चन गाउँपालिकामा १० औँ दानापुर ताल महोत्सव २०७५ जारी छ । वन वन्यजन्तु,सिमसार तथा पर्यापर्यटन क्षेत्रको उत्थान,राष्ट्र निर्माण,समृद्धि र पहिचान भन्ने नारासहित १० औँ दानापुर ताल महोत्सव चलिरहेको छ । श्री समयमाई सामुदायिक बन उपभोक्ता समुहको आयोजनामा भएको महोत्सवमा राष्ट्रिय लोक तथा दोहोरी गायक दिपु मगर, थारू गायक श्रीनिवास चौधरी,हास्य कलाकार विष्णु जि पाण्डे ( माईला बा ),लोक तथा दोहोरी गायिका सीता राना मगर,आधुनिक गायक अनिल पहाडी, लोक तथा दोहोरी गायक बिक्रम बाबू बिश्वकर्माले दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।
त्यसैगरी आधुनिक गायक सौगात सायर,लोक तथा दोहोरी गायक नारायण लेकाली,लोक तथा दोहोरी गायिका बिष्णु शिर्पाली,हास्य कलाकार उज्जवल गिरी दानबिर साथमा द यमन ब्याण्डको प्रस्तुति रहने मेलाका साँस्कृतिक संयोजक खेम सुनारले जानकारी दिनुभयो । यसैगरी मेलामा प्रथम कन्चन डान्स आईडल आज देखि सुरु हुैदछ ।
१९ गते सम्म संचालन हुने महोत्सवमा डुंगा रेस प्रतियोगिता,कृषि व्यापार मेला,तलाउमा फिसिङ्ग कार्यक्रम रहनेछन् ।
दोस्रो दिन सोमबार दर्शकको सहभागिता सन्तोषजनक रहेको आयोजकले जनाएको छ । साँस्कृतिक कार्यक्रमको संचालन संचारकर्मी सुरज थापा मगरले गर्नुभएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।