ताजा अपडेट »

फिल्म रिलिज भएको दुई दिनसम्म फिल्म समीक्षा नलेख्न अदालतको आदेश

विहीबार, ०१ चैत्र २०८०, १५ : ०२
146 Shares

भारत । भरतिय एक उच्च अदालतले फिल्म रिलज भएको २ दिन सम्म कुनै पनि समिक्षा नलेख्न आदेश जारी गरेको छ । भारतिय राज्य केरेलाको उच्च अदातलले फिल्म समिक्षकहरु बिरुद्ध यस्तो आदेश जारी गरेको हो । केरेलाको उच्च अदातलले भनेको छ, फिल्मलाई लिएर कैयौं पटक यस्ता मुद्दा देखिएका छन, जहाँ अदालतले हस्तक्षेप गर्नु परेको छ । चाहे त्यो सेन्सर बोर्डको मामला होस वा फिल्मसँग जोडिएका विवादहरु नै किन नहुन । यस्तो अवस्थामा अदालतले आफ्नो किसिमले फैसला दिनु पर्ने अवस्था आउँछ ।

भारतमा पछिल्ला दिनहरुमा सामाजिक सञ्जालमा फिल्म समीक्षाको नाममा नकारात्मक समीक्षाको लहर नै चलेको छ । सामाजिक सञ्जालमा नकारात्मक समीक्षा आउनासाथ फिल्मको बक्सअफिसमा पर्ने प्रभावलाई लिएर बहस पनि चलिरहेको छ । यही बिषयमा रहेर केरलाको उच्च न्यायालयले  फैसला सुनाउँदै नयाँ निर्देशिका जारी गरेको हो ।

केरला उच्च अदालतद्वारा नियुक्त एमिकस क्युरीका श्याम पेडमेनका तर्फबाट प्रस्तुत गरिएको रिपोर्टमा सामाजिक सञ्जालमा फिल्मलाई लिएर नकारात्मक समीक्षा गर्ने मानिसहरुलाई संकेत गर्दे कडा कदम चालिएको उल्लेख गरीएको छ ।। ‘केही यस्ता व्यक्ति छन, जसले फिल्म रिलिज हुनासाथ सामाजिक सञ्जालमा त्यसको समीक्षा गर्छन’, अदालतले भनेको छ । एक खालका व्यक्तिहरु पैसा र पुरस्कारको लोभमा यस्ता काम गर्ने तथा पैसा र पुरस्कार नपाउने अर्का थरीले फिल्मको विरुद्ध खराब समीक्षा लेख्ने गरेको ठहर पनि अदालतले गरेको छ । यसैकारण नकारात्मक समीक्षाको बिषय बढ्दै गएको र यसलाई रोकथाम गर्नका लागि अदालतले फिल्म रिलिज भएको ४८ घण्टासम्म समीक्षा नलेख्न आदेश दिएको हो । अदालतले यो बिषयलाई लिएर एक पोर्टल गठन गर्न पनि सुझाव दिएको छ । एमिकस क्युरीले अदालतमा पेश गरेको निर्देशन अनुसार सबै फिल्म समीक्षक र ब्लगरहरुलाई यो नियम पालन गर्न पनि भनिएको छ ।

नकारात्मक समीक्षालाई लिएर सबैभन्दा पहिला मलायलम फिल्म उद्योगका प्रख्यात निर्देशक उबैनी ईले आपत्ति जनाएका थिए । गत वर्षको २३ अक्टोबर, २०२३ मा ‘राहेल माकन कोरा’फिल्म का यी निर्देशकले कोच्ची सिटी पुलिस स्टेसनमा उजुरी दर्ता गराउँदै आफ्नो फिल्म विरुद्ध सामाजिक सञ्जालमा नकारात्मकता फैलाइएको र आफूलाई जानीबुझी अपमान गर्ने प्रयास गरिएको उल्लेख गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।