ताजा अपडेट »

सलमानको ‘टाइगर’ चरित्रलाई ब्रेक दिँदै यशराज फिल्मस

विहीबार, ०१ चैत्र २०८०, ०७ : ३०
88 Shares

मुम्बई । यशराज फिल्मस (वाईआरएफ)को स्पाई युनिभर्सको सुरुवात सलमान खानको टाइगर’ फ्रेञ्चाइजीबाट भएको थियो । जुन फ्रेञ्चाइजी बलिउडकै सबैभन्दा ठूलो र हिट फ्रेञ्चाइजीका रुपमा स्थापित भयो । एक था ‘टाइगर’ र ‘टाइगर जिन्दा हे’ पछि ‘वार’ र ‘पठान’ले यशराज फिल्मसको स्पाई युनिभर्सलाई नयाँ तहसम्म पुर्‍यायो ।

पछिल्लो स्पाई थ्रिलर टाइगर–३ले आशा अनुरुप दर्शकको साथ नपाएपछि अब भने यशराज फिल्मसले सलमानको ‘टाइगर’ भूमिकालाई केही समय ब्रेक दिने निर्णय लिएको छ । यो ब्रेक सलमानको केमियो चरित्रमा पनि लागु हुनेछ । यशराज फिल्मसले सलमानलाई यो चरित्रबाट ब्रेक दिएर उनलाई नयाँ अवतारमा कमव्याक गराउने घोषणा गरेको छ ।

स्पाई युनिभर्समा हालसम्म ५ वटा फिल्म निर्माण भएका छन, जसमा ४ वटा टाइगर नै छन । अहिले यशराज फिल्मसको टिममा पनि ‘टाइगर’ फ्रेञ्चाइजी दर्शकका लागि धेरै भएको र सलमानलाई नयाँ अवतारमा ल्याउनु पर्ने आवाज उठ्न थालिसकेको छ । फिचर फिल्ममा सलमानलाई केमियोका रुपमा प्रवेश गराउँदा उनको स्टारडममा कमी हुने विश्वास टिमको छ ।

यसैकारण यशराज फिल्मसले सलमानसँगै टाइगर’लाई केही फरक रुपमा प्रस्तुत गर्ने ठूलो योजना बनाएको छ । सलमान पनि यशराज फिल्मसको योजनामा सहमत छन् । यशराज फिल्मसको योजना अनुसार ‘वार २’ र ‘पठान २’ मा सलमानको ‘टाइगर’का रुपमा केमियो हुने छैन ।

सलमान स्वयम पनि केही नयाँ ठूलो काम गर्न चाहन्छान । निर्माता आदित्य चोपडा पनि सलमानलाई केमियोमा देखाउन चाहदैनन । यसैकारण उनी पनि स्पाई युनिभर्सलाई केमियोको भरोसमा अगाडि बढाउने पक्षमा छैनन् । उनी हरेक भूमिकालाई कथामा फिट गराउन चाहिरहेका छन । त्यसकारण अब उनी सलमानलाई नयाँ तरिकाबाट दर्शकमाझ ल्याउने तयारीमा छन’, टिमका एक सदस्यले भनेका छन ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।