ताजा अपडेट »

‘द्रौपदी’को छायांकन डोल्पाबाट सुरु, गाएक रवि ओडले डेब्यू गर्दै

आइतबार, ०४ चैत्र २०८०, ११ : १४
74 Shares

निर्माण घोषणा गरेको को ५ वर्षपछि निर्देशक ऋषिराज आचार्यले चलचित्र ‘द्रौपदी’को छायांकन सुरु गरेका छन । बिहीबार डोल्पा जिल्लाको दुनैमा रहेकोे कालिका मन्दिरमा शुभमुहूर्त गरेपछि चलचित्रको छायांकन सुरु गरिएको हो । महिलाप्रधान विषयवस्तुमा निर्माण हुन लागेको चलचित्रमा निर्देशक आचार्य स्वयंको कथा, पटकथा तथा संवाद रहेकोछ । अन्तराष्ट्रिय बजारलाई समेत ध्यानमा राखेर चलचित्र निर्माण गरिने उनको भनाई छ ।

चलचित्र‘द्रौपदी’बाट ‘नेपाल आइडल’ दोस्रो सिजनका विजेता तथा गायक रवि ओडले अभिनेताको रुपमा डेब्यू गर्ने भएका छन । चलचित्रमा उनको विशेष भूमिका रहने जनाइएको छ । आश्विनी शाही, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई, सीता पौडेल, प्रकाश ज्ञवाली, सुरज अधिकारी लगायतको अभिनय रहन यस चलचित्रको प्रायः सबै कलाकारहरु अडिसनबाट लिइएका हुन ।

गायक ओड स्वयंको संगीत रहने यस चिलचित्रमा मोहन कुमार झिल्लुको छायांकन, ऋषिराज आचार्य, विष्णु ठडराई र प्रकाश ज्ञवालीको निर्माण रहने यस चलचित्रमा सह–निर्माताका रुपमा खेमराज भण्डारी र ऋतु आचार्य रहेका छन । डोल्पा क्षेत्रमै एक महिना चलचित्रको छायांकन हुनेछ । चलचित्रको स्क्रिप्ट लेखनमा मात्र ४ वर्ष लागेको निर्देशक आचार्यले बताएका छन । उनले यसअघि ५ वटा चलचित्रको निर्देशन गरिसकेका छन 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।