ताजा अपडेट »

कांग्रेसका नेताहरूलाई अहिले निकै छटपटी भइरहेको छः एमाले महासचिव पोखरेल

आइतबार, ०६ जेठ २०८१, १४ : ४०
96 Shares
आइतबार, ०६ जेठ २०८१
96 Shares

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसका नेताहरूलाई अहिले निकै छटपटी भइरहेको बताए । आइतबार प्रेस चौतारी दाङले तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले त्यो छटपट उहाँहरूको कर्मले भएको बताए । उनले एमालेले २०७९ को निर्वाचन पछि त्यो कुनै दल विशेष प्रति आग्रह नराख्दै गठबन्धनबाट बाहिर आउँछ, उसलाई साथ दिने भनेको भन्दै उनले कांग्रेस संवादको लागि तयार नहुँदा अवसर गुमाएको समेत बताए ।

त्यसपछि प्रधानमन्त्री प्रचण्डले २ महिनामा सत्ता समीकरण गर्दा कांग्रेससँग निरन्तर संवाद गर्न खोजेको भएयता पनि कांग्रेस संवादको लागि तयारी नभएको समेत बताए । उनले भने,‘ कांग्रेसलाई बामपन्थीहरू मिल्दैनन्, झगडा गरिरहेका छन्, स्वत स् हाम्रो एकल सरकार बन्छ भन्ने बुझाई भयो, र चैनको निन्द्रामा सुत्यो । तर, राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन, भन्ने कुरा पनि छ । त्यो कुरा नेपाली कांग्रेसको नेतृत्वले नबुझ्दा अवसर गुमायो । ’

उनका अनुसार राजनीतिक घटनाक्रम अहिले कांग्रेसले चाहेको भन्दा फरक दिशातर्फ फर्किएको छ । तर, अहिले कांग्रेसका नेताहरूलाई निकै छटपटी रहेको समेत उनको भनाइ छ । उनले भने,‘ उहाँको छटपटीको समाधान कर्ताहरू हामी होइनौँ । अहिले उहाँहरूका छटपटी उहाँहरूको कर्मको परिणाम भएको र केही समय उहाँहरूले व्यर्होनु पर्छ । आफूले गरेको कमजोरीको परिणाम नै नभोगी तात्तातै आफ्नै पक्षमा आफ्नै झोलीमा सबै चाहियो, भन्ने कुरा राख्न मिल्दैन् ।’ अहिले सत्ता समकोण २०८४ सम्म निरन्तरता दिनु पर्ने मान्यताका आधारमा एमाले अगाडि बढेको बताए । मुलुक र जनताको हित र पक्षमा रहेको रहेको भन्दै त्यसको मान्यताका आधारमा यसलाई निरन्तरता दिने समेत बताए ।

उनले नयाँ समीकरण नेपालको राजनीतिलाई बाह्य हस्तक्षेप र चलखेलबाट फेरि मुलुकका राजनीतिक दलहरू आफै निर्णय गर्ने प्रक्रियामा प्रवेश गर्नुपर्छ, भन्ने मान्यता अन्तर्गतको प्रयास रहेको समेत समेत बताए । उनले त्यो प्रयासबाट चित्त नबुझ्ने शक्तिहरू फेरि अस्थिरता सृजना गर्ने ध्याउन्नमा लागि रहेको समेत बताए । उनले साना दलहरूलाई नयाँ समीकरण का विरुद्ध खडा गर्ने प्रयत्न भइरहेको पनि बताए । यस्तै उनले निर्दोष मान्छे, फस्नु हुँदैन, र दोषी उम्कनु हुँदैन, भन्ने हाम्रो पार्टीको मान्यता रहेको भन्दै गल्ती गरेका मान्छेलाई उन्मुक्ति दिने कुरामा सहयोगी वा साक्षी नबस्ने समेत बताए ।

कसैले लगाएको आरोपमा मान्छे, दोषी हुन्छन्, भन्ने मान्यता स्थापित गर्ने कुरा उचित नहुने समेत उनको तर्क थियो । उनले सत्तापक्षले दल विभाजन गर्नको लागि २० प्रतिशत दल विभाजन गर्न पाउन कानुन ल्याउन कुरा सत्य नभएको बताए । उनले कुनै पनि दल विभाजनको लागि दलभित्र ४० प्रतिशत सदस्यहरू अनिवार्य हुने व्यवस्थाको पक्षमा एमाले रहेको समेत बताए । २० प्रतिशतका आधारमा विगतमा जे गरियो, त्यो गलत अभ्यास रहेको भन्ने आफूहरूको मान्यता रहेको उनको भनाइ छ ।

विगतमा एमालेलाई विभाजन गर्नको लागि प्रयोग गरिएको कानुनको अहिले प्रयोग भइरहेको समेत उनले बताए । उनले भने,‘ अध्यादेश फिर्ता भयो । तर, त्यसले निर्माण गरेको कानुन जीवितै रहेको छ । त्यही जीवित कानुनले गर्दा दलहरू विभाजन हुने प्रक्रिया शुरु भएको छ । तर, एमाले भने दल विभाजनमा अन्तराष्ट्रिय स्ट्यान्डर अन्तर्गत जे मान्यताहरू रहेका छन्, ति मान्यताहरूलाई कानुन संसोधन प्रक्रियाबाट स्थापित गर्न चाहन्छ ।’ उनले विगतमा एमालेलाई विभाजन गर्नको लागि जुन प्रकारको षड्यन्त्रपूर्ण तरिका थियो, त्यसका पक्षमा आफूहरू नरहेको समेत बताए । उनले विगतमा कानुनले दल र पार्टीले जोड्ने खालको काम गरेको भन्दै त्यो गलत अभ्यास रहेको समेत बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।