ताजा अपडेट »

राष्ट्रिय सभाको बैठक पनि सर्यो

आइतबार, ०६ जेठ २०८१, १४ : ००
44 Shares

 

काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएलगत्तै बसेको राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ ।

राष्ट्रिय सभाको बैठक यसअघि दिउँसो १ बजेर १५ मिनेटका लागि डाकिएको थियो । अब सो बैठक ३ बजेर १५ मिनेटमा बस्नेछ ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदलको बैठक निष्कर्षमा पुग नसकेपछि संसदको बैठक प्रभावित भएको छ ।  बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी रहेको छ । 

शनिबार चार प्रमुख दलको बैठकले संसदीय समितिको कार्यादेश बनाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । 

कार्यदलमा एमालेबाट महेश बर्तौला, कांग्रेसबाट जीवन परियार र रास्वपाबाट शिशिर खनाल रहेका छन् ।  अहिले कार्यदलको बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकपनि मिसिएका छन् । 

अहिले कार्यदलमा छानबिनको दयारा बारे विवाद रहेको छ । रास्वपाले संसदीय समितिले गृहमन्त्रीलाई तोकेर छानबिन गर्न नसक्ने अडान लिदै आएको छ भने एमालेले व्यक्ति तोकेर छानबिन हुननसक्ने बताउदै आएको छ । 

त्यस्तै नेपाली कांग्रेसले भने सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएकोले छानबिन उनीमाथि पनि हुनुपर्ने बताउदै आएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।