ताजा अपडेट »

प्रभाकारी बन्दै बुटवलमा ‘युवा इलम’ र ‘महिला उद्यमशिलता’ कार्यक्रम

मंगलबार, २१ मंसिर २०७८, १६ : १९
32 Shares

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले इलम तथा उद्यमशिलता बिकासका लागि २५०० बढीलाई तालिम प्रदान गरेको छ । युवा लक्षित निःशुल्क सीपमूलक तालिम तथा महिला उद्यमशिलता विकास कार्यक्रम प्रभावकारी भएको उपमहानगरको दाबी छ ।

विभिन्न २० वटा विषयमा निःशुल्क सीपमूलक तालिम सञ्चालनबाट ६० प्रतिशतले सीप सिकेर स्वरोजगार बनेको उपमहानगर प्रमुख शिवराज सुवेदीले दाबी गरे । उपमहानगरले तालिम लिएर व्यवसाय तथा उद्यम सञ्चालन गर्न चाहनेलाई उपकरण र सामग्री समेत उपलब्ध गराइएको प्रमुख सुवेदीले बताए । ‘जागिर खोज्दै आउनेलाई निःशुल्क सीपमूलक तालिम दिइएको छ ।’–उनले भने ‘सीपलाई उपकरणका अभावमा खेर जान नदिइने प्रतिबद्धता पनि जनाउँछौं ।’

महिला आर्थिक सशक्तीकरण उद्योमशीलता विकास परियोजना अन्तर्गत दुग्ध डेरी तालिम सञ्चालन भएका छन् भने सिलाई कटाई, फलफूल तथा तरकारी खेतीका लागि नर्शरी निर्माण लगायतका तालिमहरु सञ्चालन हुँदै आएका छन् । इलम तथा उद्यमशिलता कार्यक्रम अन्तरगत नै उपमहानगरले सोमबारदेखि ३९० घण्टे दुग्ध डेरी तालिम सञ्चालन गरेको छ ।

तालिममा २५ जना महिला सहभागी भएको उपमहानगर उपप्रमुख गुमादेवी आचार्यले बताइन् । सो अवसरमा बीटीआइका कार्यकारी निर्देशक इन्जिनियर अभिमन्यु पन्थी, उपमहानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख भुवाप्रसाद लुइँटेल, बीटीआइका प्रशिक्षकहरु चन्द्रबहादुर क्षेत्री, मनोज भुषास, सन्तोष प्रधानलगायतले सीपमूलक तालिमलाई व्यवहारिक बनाउन आग्रह गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।