ताजा अपडेट »

बुटवल उपमहानगरपालिकाले ६५औं स्थापना दिवस मनाउँदै

शुक्रबार, २६ माघ २०८०, २० : ०४
132 Shares

बुटवल । बुटवल उपमहानगरपालिकाले स्थापनाको ६५औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाउँदैछ।जसअन्तरगत अन्तरविद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता बिहीबार शुरु भएको छ भने अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता फागुन १ र २ गते हुँदैछ।

यस्तै शुक्रबार बुटवल उपमहानगरपालिकाको आयोजना र नगरपालिका कर्मचारी एशोशिएशन बुटवल इकाइको व्यवस्थापनमा रक्तदान कार्यक्रम भएको छ।शुक्रबार नै बुटवल उपमहानगरपालिकाबाट सेवानिवृत्त भएका कर्मचारीहरुलाई सम्मान गरिएको छ।

सो कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले कर्मचारीको भूमिकाले नगरको उन्नति प्रगतिमा महत्व राख्ने बताउँदै सकारात्मक भूमिका निर्वाहका लागि आग्रह गरे।उनले नगरको विकास र समृद्धिमा पूर्व कर्मचारीको रुपमा सकारात्मक भावना र सकारात्मक सहयोगको अपेक्षा रहने बताए। उनले जनप्रतिनिधि र कर्मचारीबीचको तालमेलबिना नगरको विकास हुन नसक्ने बताउँदै त्यसतर्फ गम्भीर बन्न कर्मचारीहरुलाई आग्रह गरे।

कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्य र समन्वयले मात्रै नगरको विकास गर्न सम्भव भएकाले सोहीअनुसार प्रतिबद्ध रहन कर्मचारीहरुलाई आग्रह गरिन्। उनले कर्मचारीहरुले प्रतिबद्ध भएर काम गरेमा नगरको विकास सहज तरिकाले हुने बताइन्।

कार्यक्रममा पूर्व कर्मचारीहरु हरिप्रसाद अर्याल, विष्णुप्रसाद खनाल, रामप्रसाद अर्याल, नरेन्द्र बस्नेत, नगरपालिका कर्मचारी एशोशिएशनका सितुप्रसाद श्रेष्ठ, अनिल माण्डव्य, रेश्मीराज घिमिरेलगायतले बोल्दै जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय र सहकार्य सधै अपरिहार्य रहने बताएका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।